सिमानाकामा साढे २ केजी चाँदी बरामद

परासी, बैशाख २०
नवलपरासीको महेशपुर सिमानाकामा प्रहरीले साढे २ केजि चाँदी बरामद गरेको छ । भारत संग जोडिएको नवलपरासीको महेशपुर नाकाबाट हिजोचेक जाँज गर्ने क्रममाा बरामद गरेको छ ।

चाँदीसँगै ओसारपसारमा संलग्न एक महिलासहित दुई पक्राउ परेका छन् । तरकारी बोक्ने बोराको झोलामा लुकाएर लैजादै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा चाँदी फेला परेको हो जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र प्रसाद भट्टले बताएका छन् । लाम्चो आकारको एक थान चाँदीसँगै पक्राउ पर्न व्यक्तिमा पश्चिम नवलपरासी सरावल गाउँपालिका–४ घर भई हाल रामग्राम नगरपालिका– ४ बस्ने ४५ वर्षीया माधुरी गुप्ता र सोही नगरपालिका–१० लक्ष्मीपुरका ५५ वर्षीया रामवृक्ष पासी छन् । पक्राउ परेका व्यक्तिहरुले क्यारिङ्ग (अर्कैको सामान पु¥याउने)को काम गर्ने रहेको बताइएको छ । उक्त चाँदी भारतको ठूठीबारीस्थित एसएम टन्च हाउसमा पु¥याउन लागिएको थियो । चाँदी महिलाको झोलाबाट बरामद भएको हो । भने पुरुषसँग ठूठीबारीको पसलमा पु¥याउन लागिएको चाँदीको नम्बर उल्लेख गरेको रसिद फेला परेको प्रहरी उपरीक्षक भट्टले बताए । रसिदमा चाँदीको क्रमांक १४८९ उल्लेख छ । बरामद भएको चाँदीमा पनि सोही नं. उल्लेख रहेको छ । उक्त चाँदी सदरमुकाम परासीस्थित जय गणपति सुनचाँदी पसलका सञ्चालक अर्जुनकुमार सुनारले पठाएको पक्राउ परेका व्यक्तिलाई उदृत गर्दै प्रहरीले जनाएको छ । आरोपित पसलका सञ्चालक सुनारले भने आफूले कसैलाई चाँदी दिएर नपठाएको दाबी गरेका छन् । बरामद भएको चाँदी गिन्नी (दोस्रो नं.) को हो । त्यसको मूल्य डेढलाख बराबर छ । बजारमा पहिलो नं. को चाँदी प्रति तोला ८ सय बढी छ भने दोस्रो नं. को ७ सयको हाराहारीमा रहेको व्यवसायीहरुले बताएका छन् ।
बरामद भएको चाँदी र व्यक्तिहरुलाई आवश्यक कारबाहीका लागि शुक्रबार राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट विदेशी मुद्रा र चाँदीको ओसारपसार गर्ने कार्य बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *