सवारी दुर्घटनामा १ जनाको मृत्यु, ७ घाईते

परासी, फागुन ३ ।
पश्चिम नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा वारा जिल्ल्लाका दक्षिण सिक्टया गा.पा २ बस्ने ५५ वर्षिय रियाजुल मियाको मृत्यु भएको हो ।

कारमा सवार ८ जना मध्ये रियाजुल मियाको बुटवलको जेनस हसपिटलमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै कारमा सवार रहेका ७ जनाको उपचार भईरहेको छ ।

आज विहान ६ बजेको समयमा पुर्व पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को सुनवल नगरपालिका वडा नं. ३ मा यु.पि ३२ जेजे ३२५३ नम्बरको भारतिय कार आफैं अनियन्त्रित भई पल्टेपछि दुर्घटना भएको हो । कार हाल प्रहरीको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *