सम्पत्ति शुद्धीकरणका लागि राज्यका चार निकायबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं,पुष १६ । सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न राज्यका चार निकायबीच सामूहिक समझदारी भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच बुधबार १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थिति तथा गृह सचिव प्रेम कुमार राईको रोहवरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूप नारायण भट्टराईबीच १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको  प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

गृह मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्‍याउन उनी समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ । राताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *