सभासद्ले बाँडे १७ हजार घरधुरीलाई स्वास्थ्य समाग्री

परासी, चैत २९ ।
प्रदेश ५ पश्चिम नवलपरासीका प्रदेश सभासद बैजनाथ जैसवालले सुरक्षित सामाग्री बाडेका छन् । आफ्नो निर्वाचन क्षेत्र पर्ने सबै जनतालाई आवश्यक स्वास्थ्य सुरक्षित समाग्री जैसवालले बाडेका हुन् ।

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित सभासद् जयसवालले दुई पालिकालाई स्वास्थ्य समाग्री वितरण गरी उनिहरु मार्फत आम नागरीकमा बाड्न भनेका हुन् । उक्त स्वास्थ्य समाग्री ३४ लाख बराबरको भएको र प्रत्येक घरघरमा दिन पालिकाहरु लाई भनेका छन् । उनको निर्वाचन क्षेत्र भित्र पर्ने रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिकामा उक्त स्वास्थ्य समाग्री वितरण गरीएको छ । आज पाल्हीनन्दन गाउपालिकामा वितरण गरेका स्वास्थ्य समाग्री ६ वटै वडामा वितरण भए ता पनि रामग्राम नगरपालिकाको १८ वटा वडा मध्ये १३ वडामा मात्र वितरण गरीने भनेका छन् ।

दुईटै पालिका गरी सभासद जयसवालले कुल १७ हजार घरधुरीलाई जनही २ थान मास्क, १ सय ५० एमएलको सेनिटाइजर र एक बटा साबुन वितरण गरेका हुन् । वितरण गरिएको सुरक्षित सामाग्रीको मूल्य एक घरधुरीलाई जनही २ सयका दरले रहेको छ । ‘विपन्नहरुका लागि स्थानीय सरकारहरुले राहत उपलब्ध गराउँदै आएका छन् । संघसंस्थाले पनि एकद्धार प्रणाली मार्फत राहत दिएका छन् । गाउँघरमा कोरोनाबाट सुरक्षित रहन सामान्य स्वास्थ्य सामाग्री अभाव देखेकाले उक्त सामाग्री उपलब्ध गराएको हुँ ।’ सभासद जयसवालले भने ।

सभासद्बाट प्राप्त सुरक्षित सामाग्री वडामा गठन भएका विपद् व्यवस्थापन समिति मार्फत जनताको घर÷घरमा पु¥याइने पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष पावित्री कुमारी कोहारले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *