बेलाटारी, माघ ६ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं. ५ मा श्री महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. काे उद्घाटन सम्पन्न भएको छ । आज एक कार्यक्रम गरी सो सहकारी संस्थाको उद्घाटन भएको छ ।

श्री महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष गनपत कुर्मीको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतापपुर गाउपालिका का अध्यक्ष राजकुमार शर्माले उद्घाटन गर्नु भएको छ । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले सहकारीलाई आवश्यक सम्पुर्ण सहयोग गाउपालिका बाट गरीने बताउनु भएको छ । सहकारी संस्थाहरु पनि समृद्ध देश बनाउनमा अहम भुमिका खेल्दै आएकोले यो सहकारी पनि त्यसै प्रतिफल दिन सफ्ल होस भन्ने मेरो शुभकामना रहेको शर्माले भन्नु भयो । खास गरी ग्रामिण क्षेत्र तथा सिमा संग जोडिए गाँउ बस्तीहरुमा ठुलठुला बैंकहरुको खासै लगानि नदेखिएकोले चर्को व्यजदरमा सपटी क्रृण लिनु पर्ने समस्या यहाँका स्थानियहरु मा रहेको उहाँले भन्नु भयो । त्यसैले अब यो सहकारी संस्थाले त्यस्ता नाकारात्मक प्रवृत्तिलाई तोड्दै आमगरीब नागरीक तथा व्यवसाय गर्न सक्ने घर परीवार र युवाहरुमा लगानि गर्न आवश्यक रहेको प्रमुख अथिति शर्माले भन्नु भयो । खास गरेर यस्ता ग्रामिण क्षेत्रमा दृष्टिबन्धक (चर्को व्यजदरमा क्रृण लगानि) ले जनतालाई नै बन्धक बनाए जस्तो गर्दै आएको छ । त्यस्ता घरपरीवालाई दृष्टिबन्धक मार्फत चर्को व्यजदरमा लगानि गरीएको पैसाले तिनिहरु लाई नै विस्थापित गर्ने जस्तो अवस्था सृजना गरेको पनि कतियप उद्हरणहरु रहेका छन् । त्यसैले त्यस्ता गलत प्रवृत्तिका लगानि कर्ताहरु लाई विस्थापित गर्दै व्यवसाय गर्न सक्ने व्यक्तिहरु लाई यस सहकारी मार्फत लगानि हुनु पर्छ भन्ने कुरा शर्माले भन्नु भयो ।

यस्तै शुभकामना मन्तव्य कै क्रममा नागरीक बचत तथा क्रृण सहकारी संस्थाका सञ्चालक चिरन्जीवि पोख्रेलले सहकारी खोल्नु ठुलो कुरा होईन कि त्यसलाई उद्देश्यमा अधारीत गति दिनु ठुलो कुरा भएको बताउनु भयो । कतिपय सहकारीहरु खुले तर धेरै समय टिक्न सकेन भन्ने कुरा प्रोख्रेले बताउनु भयो । नियम र प्रक्रियालाई मिचेर चलाउने सहकारीहरु को आयु सनो नै हुने गरेकोले यो महालक्ष्मी सहकारी सहकारी ऐन लाई मध्य नजर गरी आफ्नो उद्देश्यमा अगाडि बढे मात्र सफल हुने भन्ने कुरा उहाँले भन्नु भयो । यस्तै प्रतापपुर गाउपालिका का न्यायिक समिति सदस्य बन्धु प्रसाद बरई, बसहिया प्रहरी चौकिका ईन्चार्ज शेरबहादुर विश्वकर्मा, श्री गणेश मावि बसहियाका प्रधानध्यपक अभिनन्दन सिंह र समाजसेवि विनोद ठाकुर लगायले शुभकमना मन्तव्य राख्नु भएको थियो ।
हाल यो श्री महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. १५ लाख बराबरको रकम आफ्नो शेयर सदस्यहरु बाट जम्मा गरीसेको छ भने यहि माघ १५ गते देखि लगानि गर्ने बताएको छ । आज विना शुल्क खाता खोलिने कार्यक्रम पनि राखेको थियो जस्मा २ सय बढिले खाता खोलाएका छन् । सहकारीले शैक्षिक बचत, दैनिक बचत, मासिंक बचत, अवधिक बचत र महालक्ष्मी सरल बचत ल्याएको छ, भने क्रृण लगानिका लागि कृषि क्रृण लगानि, शैक्षिक क्रृण लगानि, व्यवसायिक क्रृण लगानि र व्यक्तिगत क्रृण लगानि राखेको छ । यस्तै विभिन्न रेमिटान्सहरु संगको सहकार्यमा रेमिटान्स पनि सञ्चालन गरेको छ । हाल यस संस्थामा ३४ जना शेयर सदस्य रहेका छन् ।