शहरमा मात्र बिकास गरेर देशमा समृद्ध नहुने –मन्त्री चौधरी


गौरीशंकर जयसवाल,परासी ११ बैशाख । प्रदेश नं. ५ भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले देशलाई विकास र समृद्ध बनाउने अभिभारा नेकपाको काधमा आएको बताएका छन । चौधरीले शहरमा मात्र बिकास गरेर देशमा समृद्ध नहुने भएकोले सगसगै गाउँको बिकास तर्फ पनि केन्दित हुनुपर्ने जोड दिएका थिए ।

सुनवल नगरपालिकाको प्रतापपुर जर्गहा र बर्दघाट नगरपालिको धुर्कोट जोडने पुलको हिजाे शिलायान्स गदै मन्त्री चौधरीले प्रदेश नं ५ले शहर क्षेत्रलाई बिकास भन्दा कुना कम्जामा रहेका जनता बिकास पहुचबाट टाढा रहेकाले प्रदेश् नं ५का सरकार गाउँ बिकास तर्फ लागि परेको बताए ।

प्रदेश नं ५को सरकारका प्रवक्त समेत रहेका चौधरीले प्रदेश सरकारले बिकासको मोडेल गाउँ–गाउँको बिकास तर्फ केन्द्रित भएको दाबी गरे । उनले भने गाउँ बिकास हुदैन भने प्रदेश सरकारले लिएको समृद्ध नारा पुरा हुदैन बताए ।

गाउँ बिकास नहुदाँ शिक्षा स्वास्थ्य बाट टाढ रहेकाले जनताको सपना सकार पार्न सरकार लागि परेको चौधरीको भनाई थियो ।

समृद्ध नारा कागजमा मात्र सिमीत राखेर मात्र देशमा समृद्ध नहुने भएकोले प्रदेश सरकार यसलाई कागजमा सिमीत नराखेर बिकासमा उच्च प्रथामिकता राखेको समेत बताएका थिए ।सुनवल नगरपालिकाको प्रतापपुर जर्गहा र बर्दघाट नगरपालिको धुर्कोट जोडने आरसीसी पुल निर्माण हुने छ । ९६ लाख ४६ हजार ४सय कुल लगातमा आरसीसी पुल निमार्ण हुने भएको छ ।

उक्तपुल म्याद २०७६ असारमसान्त सम्म निमार्ण गरिसक्नु पर्ने म्याद रहेको छ । पुल निमार्ण गर्न तिरुपति निमार्ण सेवा सुनवलसंग ठेक्का सम्झौता भएको पूवाधार बिकास कार्यालयका ईन्जिनीयर हेमन्त कुमार रोक्काले जानकारी दिए ।

उक्त पुलको लम्बाई ३५ मिटर चौडाई ६ मिटर र उचाई ३ मिटरको पुल निमार्ण हुने रोक्कालले बातए । उक्त क्षेत्रमा पुल नहुदाँ स्थानियबासीहरुलाई बर्षायममा अवात जावत गर्न कठिन भैरहेको थियो । पुल बनेपछि २२०० घरधुरी लाभान्वती हुने स्थानिय अगुवा देवान गुरुङ्गले बताए । कार्यक्रममा प्रदेश सासद दिपेन्द्र अधिकारीले सुनवल बर्दघाट जोडने पुलको निमार्ण कार्यको स्थानियबासीहरुले गुणस्तरी कामको अनुगमन गर्ने अग्रह गरेका छन । उनले यहाँ देखीएको जग्गाको समस्या समाधान गर्न पहल गर्ने बताए ।

प्रदेश सासद भागौती भन्डारीले जग्गाको नापनाक्साको लागि प्रदेश सरकार र सघ सरकारसंग समन्वय गरेर यसको छिट्टै समस्या समाधान गर्न बताईन । बर्दघाट नगरपलिकाको नगरप्रमुख धिरज शर्मा बस्याले यस गाउँलाई रमणीय पर्यटकीय रुपमा बिकास गर्न नगरपालिका लागि परेको बताए ।

सुखौरा गाउँलाई बिकास गर्नको लागि र यस क्षेत्रमा पर्यटक भित्राउने खालको नगरपालिकाले काम गरिरहेको नगरप्रमुख बस्यालले जोड दिएका थिए । उनले जहासम्म जग्गाको बिषयमा जग्गाको नापनाक्सा लागि पहल भैरहेको र यसको छिट्टै समस्या समाधन गर्ने दाबी गरेका छन । बर्दघाट नगरपालिकाको वडानं २ का वडा अध्यक्ष तथा भौतिक पूर्वाधार बिकास मन्त्री को प्रमुख आतिथ्यता तथा भएको उक्त शिलान्यस कार्यक्रममा पूर्व सबिधान सभा सदस्य सिन्धु जलेसा लगायत बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *