वुहानमा अध्ययनरत नेपालिलाई उद्धार गर्ने तयारी

काठमाडौं, माघ २७ । चीनको वुहानमा अध्ययनरत नेपालीलाई उद्धार गर्न तयारी भईरहेको छ । कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरु लाई उद्धार गरी नेपाल ल्याउनलाइ वाईडबडि विमान चीन जाने भएको छ । विमान आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।


परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन । कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ ।


वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन । उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *