काठमाडौं, बैशाख, १४ । नेपालमा कोरोनाभाइरस आज थप दुइ जनामा लेिखए सगैं संक्रमितको संख्या ५१ पुगेको छ ।
वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का रहेका छन् । उनीहरु नारायणी अस्पतालको आइसोलेनसमा रहेको र अवस्था समान्य रहेको मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । राताेपाटी