वडाअध्यक्षको नेतृत्वमा समाजका अगुवाले गराए एक गरीबको विवाह


परासी, बैशाख १५ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका एक वडा अध्यक्ष र समाजका अगुवाहरुले विहे गराएर एक उदाहरणीय कार्य गरेका छन् । राग्राम नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष महेन्द्र ठाकुरको नेतृत्वको १० जनाको एक समुहले विपन्न परीवारका छोरीको विहे गराएका छन् ।

वडा नं. ८ कै बुवा किशोर धोवि र आमा रम्भा धोविको काँख बाट जन्मेकी छोरी मैना देविको विहे वडाअध्यक्षले गराएका हुन् । केही महिना अगाडि रुपन्देही जिल्लाको ललितपुर बस्ने बलिराम धोविको छोरा मनोहर धोवि संग लगनगाँठो गरी विहे तय गरीएको थियो । विहे हुने समय दुबै पक्षले तय गरीसकेपछि दुबै पक्षले विहेको तयारी गर्न थाले । यसैविच केटिपक्ष दुलहीको बुवा किशोर धोविले पनि विहेको तयारीमा लागे । गरीब घरपरीवार भएको दुल्हीको बुवा पैसाको जोहोमा भौैतारीन थाले । केटा पक्षले आफ्नो घरमा जन्ती लिएर आँउद खान बस्न व्यवस्थापनाको लागि पैसा नभई नहुने किशोरले तनावमा बस्न थाले ।

यसै विचमा किशोरले गाँउमै रहेका विभिन्न सहकारीहरु माथि निर्धक भएर पैसा अन्त खोज्नु पर्ने अवस्था आँदैन भने आसमा बसे । तर उनको गरीबिलाई कस्ले सम्झने अनि शहकारीहरु ले पनि पैसा दिन मानेन । त्यसपछि उनि अन्य साथीभाईको मा पनि पैसा सापटीको लागि सहयोग मागे तर साथीभाईहरु ले पनि दिएन्न । विहे गर्न जम्मा १० दिन बाँकी रहँदा कसरी गनेए भनेर उनि अब नहुने भयो भनेर मानशिक तनावल लिन थाले ।

यसरी विहेको समय नजिकदै जाँदा पैसाको व्यवस्थापन हुन नसकेपछि उनलाई चिन्ताले सताउन थाल्यो । यो अवस्थाको वारेमा त्यसै वडाका वडाअध्यक्ष महेन्द्र ठाकुरलाई थाहा हुन पुग्यो । यसरी पैसाको अभावमा विहे नै टुट्न सक्छ सोच्दै वडा अध्यक्षले कति ? खर्च लाग्छ म दिन्छु र अन्य साथीभाईको बाट सहयोग गराउँछु भनेर दुल्हीको वुवा किशोर धोविलाई भने । वडाअध्यक्षको कुरा सुनेपछि उनलाई भित्र सम्म छोयो यस्तो पनि मान्छे संसारमा छन् जुन कठिनाईको समयमा देउता बनेर आउँछन् र उनि किशोर विहेको तयारीमा जुटे । विहेको लागि सम्पुर्ण खर्च व्यहोर्न वडा अध्यक्षको नेतृत्वमा करीब १० जनाको एक समुह खडा भयो ।

गरीब घरपरीवार भएका ति किशोरको छोरीको विहे जसरी भएपनि हुनै पर्छ भनेर गाँउका केही समाजसेवि व्यक्तिहरु पनि लागे र आर्थिक सहयोग गरे । पैसा कहिले पनि फर्काउनु पर्दैन भन्दै ति वडाअध्यक्ष लगायतको टोलिले केटि पक्षलाई भने । केटिपक्षले पनि विहेको पुर्ण तयारी गरी आफ्नै घर बाट छोरी मैनादेविको विहे गर्न सफल भए । वडाअध्यक्ष महेन्द्र ठाकुरले आफ्नो तलब भत्ता आउने सबै रकम ति केटिको विहेको लागि दिएका छन् ।


यसरी वडा अध्यक्षको र केही स्थानिय समाजसेविहरुको सहयोगमा एक घरपरीवार बस्न पाएपछि ति समाजसेविहरु चर्चामा रहेका छन् । यस्तो समाजिक कार्यमा सहयोग गरेका वडाअध्यक्षले आँफुले सकेस सम्मको यस्ता पीडित परीवारलाई अगामि दनिहरुमा पनि सहयोग गर्ने र अन्य व्यक्तिहरु लाई गर्नको लागि आग्रह समेत गर्ने वडाअध्यक्षले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *