लुम्बीनि अस्पतालको सटरमा डोजर चल्यो

बुटवल, माघ २३ ।
प्रदेश नं. ५ को बुटवलमा रहेको लुम्बीनि अस्पतालको सटरहरुमा डोजर चलेको छ । लुम्बीनि अस्पतालको प्रशासनले दिएको अल्टीमेटम लाई औषधि व्यवसायिहरुले पालना नगरपछी डोजर चलाई सटरहरु भत्काईएको छ ।

प्रदेश सरकारले सटरहरु भत्काएर फुलबारी तथा बगैचा बनाउने भएपछि सटरहरु भत्काउन थालिएको हो । सटरहरू भत्काउनका लागि ठुलाे संख्यामा प्रहरीहरू लाइ परीचालन गरीएकाे थियाे । पाँच वर्षका लागि सम्झौता गरेको तीन महिनामै प्रदेश सरकारले अस्पतालका सटर खाली गर्न भनेपछि व्यवसायीले करार सम्झौता परिपालनाको माग गर्दै अदालतको ढोका ढकढकाएका थिए । जिल्ला अदालतले व्यवसायीको विपक्षमा फैसला गरेपछि मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ ।

गत कात्तिक १८ गते प्रदेश ५ को मन्त्रिपरिषद बैठकले अस्पतालका सटरहरु मंसिर मसान्तसम्म व्यवसायी आफैंले खाली नगरे डोजर लगाएर भत्काउने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको मुद्दामा जिल्ला अदालत रुपन्देहीले व्यवसायीको विपक्षमा फैसला गर्‍यो । जिल्ला अदालतको फैसलासँगै अस्पताल प्रशासनले यही माघ २२ गतेसम्मको समय दिएर ४८ घण्टाभित्र सटर खाली गर्न अल्टिमेटम दिएको थियो ।

अस्पतालमा ७३ वटा सटरमध्ये दुई वटा साझा (सरकारी) औषधि पसल बाहेक अन्य सटरहरुमा ६३ करोड रुपैयाँ लगानी भएको व्यवसायीहरुको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *