लुम्बिनि भ्रमण वर्ष २०७६ छोएन रामग्राम


परासी, जेष्ठ ४ ।
प्रदेश ५ सरकारको लुम्बिनि भ्रमण वर्ष २०७६ आज देखि शुरु हुन्छ । २५६३ औं बुद्धजयन्तीको अवसर पारेर आज लुम्बिनि दिवस र लुम्बीनि भ्रमण वर्ष २०७६ आज राष्ट्रियपति विद्यादेवि भण्डारीको हाथले उद्घाटन भई शुभारम्भ हुने छ ।


बुद्धको जन्मस्थल लुम्बिनि जाऔं, शान्तिको सन्देश फैलौं भन्ने मुल नाराका साथ शुभारम्भ हुने लुम्बिनि भ्रमण वर्ष २०७६ ले रामग्राम स्तुपलाई छोएन । प्रदेश ५ सरकारले ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ विभिन्न कार्यक्रमका साथ मनाइरहदा पश्चिम नवलपरासीस्थित रामग्राम स्तुप भने ओझेलमा परेको छ । बुद्धको एक मात्र अष्टधातु भएको रामग्राम स्तुप लाई लुम्बिनिको तामझामले रामग्राम स्तुप नछुदाँ स्तुप फित्लो भएको जस्तो छ । बुद्ध संगै जोडिएको यो स्तुपमा विभिन्न देशका पर्यटकहरु अवलोक गर्न आउने गरेका छन् तर लुम्बिनि विकास कोष र प्रदेश ५ सरकारले भ्रमण वर्ष शुरुवात गर्न लुम्बिनिमा मात्रै सिमित भएको छ । नवलपरासीको रामग्राम नरगपालिका उजैनिमा रहेको स्तुपको महत्व लुम्बिनि जतिकै रहेको बुद्ध धर्मवालम्बी जानकारहरुले बताउने गरेका छन् । बुद्धको सबै धर्मिक स्थलमा घुमे पनि रामग्राम स्तुपमा नपुगेसम्म त्यो पुर्ण नहुने उनिहरुले बताउने गरेका छन् ।

प्रत्येक वर्ष मनानउने बुद्ध जयन्ती लुम्बिनि मै सिमित भए जस्तै लुम्बिनि भ्रमण वर्ष २०७६ पनि लुम्बिनि मै सिमिति भएको रामग्राम नगरपालिकाले बताएको छ । बुद्धसँग सम्बन्धीत लुम्बिनी पछिको दोस्रो महत्वपूर्ण स्थानमा रहेको रामग्राम स्तुपमा लुम्बिनी विकास कोष र प्रदेश सरकारले समेत वास्ता नगरेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । रामग्राम स्तुप बुद्धको एक मात्र अस्तुधातु रहेको स्थान हो । प्रदेश सरकारले बुद्ध सर्किटको रुपमा विकास गर्ने योजनामा राखेको स्तुपलाई भ्रमण वर्षमा वेवास्ता गरेको गुप्ताको गुनासो छ । लुम्बिनी विकास कोषका पदाधिकारीहरु बीचको आपसी द्धन्द्धले पनि रामग्राम ओझेलमा परेको उनको गुनासो छ ।

लुम्बिनि विकास कोष कै कारणले गर्दा रामग्राम स्तुप ओझेलमा परेको छ । कोषको पैसा लुम्बिनि मै मात्रै खर्चिदा रामग्राम स्तुपको विकास हुन सकेको छैन् । लुम्बिनीमा आउने पर्यटकहरुलाई रामग्राममा आर्कषित गर्नका लागि स्थानीय तहले प्रदेश सरकारको ध्यानआकर्षण गराउनु पर्नेमा जोड दिए । रामग्राममा पूर्वाधार अभावका कारण पनि यहाँ आउने पर्यटक २÷३ घण्टामै फर्केर जानुपर्ने अवस्था रहेको

यस्तै प्रदेश सरकारले लुम्बिनि भ्रमण वर्षमा छुटाएको रकमले लुम्बिनि मात्र झिलिमिलि बनेको छ भने रामग्राम स्तुप सुनसान रहेको छ । लुम्बिनि भ्रमण वर्ष २०७६ को उपेक्षितले गर्दा रामग्राम नगरपालिकाले आफ्नै तरीकाले बुद्धजयन्ती बनाउने भएको छ । लुम्बिनि विकास कोष तथा प्रदेश सरकारले रामग्राममा चाँसो नदेखाएपछि आफ्नो गाँउठाँउलाई आफैं विसका गर्नुपर्छ भन्दै नगरपालिकाले सो कार्यक्रम गर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *