लागु औषध सहित २ जना पक्राउ


परासी, मंसिर १० ।
पश्चिम नवलपरासीमा प्रहरीले दुई जनालाई लागु औषध सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुनवलको टोलिले सुनवल नगरपालिकाको वडा नं. १२ भुमही चोकबाट तिनिहरु लाई पक्राउ गरेको छ ।


हिजो राति पुर्वपश्चि महेन्द्र राजमार्ग अन्तर्गत पर्ने भुमही चोकमा चेकजाँच गर्दै जाँदा दक्षिणबाट आएको शाखा बाटो बाट पुर्व तर्फ जाँदै गरेको ग १ च ८७२५ नम्बरको टाटा सफारी जिपलाई शंका लागेको भरमा चेकजाँज गरेपछी तिनिहरु लाई लागुऔषध सहित पक्राउ परेका हुन् । जिपको अगाडि भागमा रहेको बर्नटममा पछाडि भिर्ने कालो झोलामा पत्रिकाले बेरी लुकाएर राखेको अवस्थामा डाईजापम १२४ एम्पुल नोर्फीम १२४ एम्पुल र प्रोमिठाजाईन १२४ एम्पुल गरी ३७२ एम्पुल लागु औषध प्रहरीले बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेकोमा जिप चालक तन्हु जिल्ला भानु नगरपालिका वडा नंं. १ बस्ने वर्ष १९ का गोपाल परीयार र सोही जिल्लाका जिपमा सावर बन्दीपुर गा.पा वडा नं. ४ बस्ने २० का संगम थापा समेतलाई पक्राउ गरीएको जिलला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले बताउनु भएको छ । पक्राउ परेकाहरु लाई लागु औषधको मुद्धा चलाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *