लागु औषध र गाँजा सहित ५ जना पक्राउ

परासी, बैशाख २२ ।
पश्चिम नवलपरासीको दुई स्थान बाट लागु औषध र गाँजा सहित ५ जनालाई पक्राउ गरीएको छ । रामग्राम नगरपालिका को नदवा र पँचगावा बाट लागु औषध र गाजा सहित तिनिहरु लाई पक्राउ गरीएको छ ।

नगरपालिका को वडा नं. १० नदवा स्थित मिना कुर्मीको घरमा लुकाएर राखिएको गाँजा सहित मिना कुर्मी, उनको छोरा नरेश कुर्मी, मुकेश कुर्मी लाई प्रहरीले पक्राउ गरेको छ । यस्तै यसमा संग्लन अर्का व्यक्ति रामग्राम नगरपालिका वडा नं. ६ बस्ने प्रेम अग्रहरी लाई पनि पक्राउ गरीएको छ । गोप्य सूचनाको अधारमा प्रहरीले कुर्मीको घरमा खानतलासी गर्दा ७ सय ग्राम गाँजा बरामद गरेको थियो ।

यस्तै रामग्राम नगरपालिका वडा नं. १२ पचगाँवा स्थित प्रहरीले चेकजाँच गर्ने क्रममा एक जनालाई लागु औषध सहित पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १० बस्ने भगवाल घलेको झोलामा चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो । लागु औषध सहित घलेलाई प्रहरीले नियन्त्रण्मा लिएको हो । उनि संग १ सय ५० एम्पुलको दरले नुफिन, डाईजोपाम र फेनार्गन पाईएको छ ।

पाँचै जना जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र उनिहरुमा माथि थप अनुसन्धान गरी कार्यावाहीको प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *