रामग्राममा बालबालिकालाई अगाडी बढाउन वडा नं. ५ तत्पर


परासी, जेष्ठ १८ ।
रामग्राम नगरपालिका बालमैत्रि बनाउन विभिन्न कार्यक्रमहरु नगरपालिका र वडाहरु गर्दै आएका छन् । बालबालिकाको अधिकार सुनिश्चित गराउनको लागि अभिवाकहरु समेत भुमिका खेल्न आवश्यक रहेको वडा नं. ५ को ठम्याई छ ।

आजको बालबालिका भोलिको कणधार हुन भन्दै रामग्राम नगरपालिकाको वडा नं. ५ ले बालबालिकाहरुको लागि विभिन्न कार्यक्रमहरु गरेको छ । बालबालिकाहरु लाई विभिन्न कार्यक्रमहरु मा सहभागि गराँउदै आ–आफ्नो अधिकारको प्रत्याभुत गराउन थालेको छ । वडा नं. ५ ले उनिहरुलाई क्षमता विकास गराउनको लागि कार्यक्रम सम्पन्न गरेको छ । दुई द्धिवसिय गरेको विभिन्न कार्यक्रममा वडा नं. ५ का बालबालिकाहरुले सहभागि जनाउँदै आ–आफ्नो प्रतिभा देखाएका थिए । सहभागि बालबालिकाहरु को मनोबल र रुचि बढाउनको लागि विभिन्न पुरस्कार राखिएको थियो । बालबालिकाको क्षेत्रमा काम गर्दै आउनु भएका वडा नं. ५ युनिकवेवि केयरका फाउण्डर आशोक श्रेष्ठले सो कार्यक्रमहरु गर्नु भएको थियो । वडा नंं. ५ का आर्थिक सहयोगमा गरीएको कार्यक्रम बालबालिकाहरुको लागि वक्तित्वकला प्रतियोगिता, स्लो साईकल रेस, सियोमा धागो हाल्ने जस्ता कार्यक्रमहरु गरीएको थियो । वक्तित्वकलामा प्रथम विनिसा शर्मा, द्धितिय स्वीकृति पाण्डे, तृतियमा करिम देवान भएका थिए भने सन्तावना पुरस्कार कृष्टि जैसवाल पाएकि थिईन । यस्तै सियोमा धागो हाल्ने प्रथम निधि हलुवाई, द्धितिय स्वइच्छा चौधरी, तृतिय प्रर्थना चौधरी भने स्लो साईकल रेसमा प्रथम राहुल हलुवाई, द्धितियमा प्रशान्त धरीकार र सुजल प्रधान रहेका थिए ।

यस्तै यस कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता पनि भएको थियो । हाजरी जवाफ प्रतियोगितामा पिन्कं समुह प्रथम भएको थियो जस्मा निशा यादव, अभ्य यादव र स्वीकृति पाण्डे रहेका थिए । त्यस्तै द्धितियमा ब्लु समुहका सजल श्रेष्ठ, प्रतिभा पाण्डे र अनुज जोशी थिए भने तृतियमा कृष्टि जैसवाल राहिल कंहार र सुजल प्रधान रहेका थिए ।

वडा नं. ५ का वडाअध्यक्ष विनोद कुवंरको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले नगरपालिका बालमैत्रि बनाउन घरमा त्यो वातावरण सृजना हुन आवश्यक भएको बताउनु भएको थियो । बालबालिकाको लागि घर बाटै त्यस्तो वतावरण सृजना गर्दै अगाडि बढन आवश्यक ठान्नु भएको थियो । यस्तै रामग्राम सगरमाथा एकेडेमिका प्रिन्सिपलले नगरपालिका तथा वडाले बालबालिकाको लागि अवश्यक बजेट छुट्याउँदै वडाहरुमा लाईबे्ररी स्थपना गर्न आवश्यक भएको बताउनु भयो । वडा नं. ३ का कार्यवाहक अध्यक्ष सुरज पाण्डे, अभिवकको तर्फ बाट संजय शर्मा र पत्रकार तर्फ बाट जानव्ही जोशि लगायतका ले मन्तव्य राख्नु भएको थियो भने स्वागत मन्तव्य अशोक श्रेष्ठ र कार्यक्रम सञ्चालन पुष्पा लामाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *