मेयर थापा द्धारा पत्रकारलाई सेनिटाइजर र मास्क

परासी,बैशाख १२ ।

पश्चिम नवलपरासीका पत्रकारहरु लाई सेनिटाईजर र मास्क वितरण गरीएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीलाई सुनवल नगरपालिका का मेयर भिम बहादुर थापा क्षेत्रिले सेनिटाईजर र मास्क उपलब्ध गराएपछि पत्रकारहरु लाई वितरण गरीएको छ ।

मेयर थापाले पत्रकार महासंघलाई ७० थान हेण्डस सेनिटाइजर, १० थान केएन ९५ मास्क र ७ सय थान सर्जिकल मास्क उपलब्ध गराएका हुन् । कोरोना संक्रमणविरुद्धको समाचारमा अग्रपंक्तिमा रही फिल्डमा खटिएका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका लागि सहयोग उपलब्ध गराइएको नगर प्रमुख थापाले बताए । दुई चरणमा उपलब्ध गराइएको मास्क र सेनिटाइजर हाल सञ्चालनमा रहका ६ रेडियो र १ टेलिभिजनसहित पत्रकारहरुलाई उपलब्ध गराइएको महासंघका जिल्ला अध्यक्ष हरि शर्माले जानकारी दिए । हरेक सञ्चारगृहलाई ५० थान मास्कका दरले वितरण गरिएको छ ।

त्यसैगरी पत्रकारहरुलाई दामासाहीका दरले मास्क र सेनिटाइजर उपलब्ध गराइएको अध्यक्ष शर्माले बताए । महासंघमा आवद्ध भएका सदस्य र अन्य पत्रकार गरी जिल्लामा ८० बढी पत्रकार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *