मितेरी कृषि सहकारी संस्थाको पाचौं वार्षिक साधारणसभा सम्पन्न

संजय कुशवाहा, मंसिर २८ । पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सूर्यपुरामा मितेरी कृषि सहकारी संस्थाको पाचौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष सुरेन्द्र चौधरी ज्युको अध्यक्षता तथा प्रतापपुर गाउपालिका प्रमुख राजकुमार शर्माको प्रमुख अथित्यतामा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाऊपालिका प्रमुख शर्माले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । अाफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र अावश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक ब्यक्तिकाे लागि अावश्यक छ । सहकारीले पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको बताउदै पैसाको बचत गर्ने बानीको विकास गर्नु पर्छ ।आगामी दिनमा सहकारीलाई आफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।

सहकारी संस्थाकाे पाचौं सधारण सभामा वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादव ,वडा न. ८ का अध्यक्ष कादिर अली अन्सारी , गण्डक संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता , राष्ट्रिय सहकारी संस्थाको संस्थापक सदस्य मुक्तिनाथ पाण्डे , शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको सचिव भोला प्रसाद कुर्मी , आर.पि उपध्याय ,पुर्व भुआरजन अधिकारी विश्व बन्धु यादव , लगायतहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । २०७१ सालमा स्थापना भएको सहकारीले ४ करोड १० लाख ६० हजार ९ सय ५६ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको संस्थाको ब्यवस्थापक कृष्ण मोहन गुप्ताले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *