मनसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माईन, अहिले दुबै जना ओसिएमसीमा


सन्जय कुशवाहा, बेलाटारी, माघ १ । पश्चिम नवलपरासीमा मांसिक सुन्तुलन गुमाएकी एक महिलाले वेवारीशे अवस्थामा बच्चा जन्माएकी छिन् । हिजो राती करीब १२ बजेको समयमा ति महिलाले बच्चा जनमाएकी हुन् ।


मांसिक शान्तुलन ठिक नभएकि ति महिला एक वर्ष देखि प्रतापपुर गाँउपालिका को सुर्यपुरा, बैदौली, झुल्नीपुर र सिमापारीको पनि झुल्नीपुर भन्ने क्षेत्रमा ति महिला पागल भएर घुम्दै आएकी थिईन । हिजो बेलुका देखि नै तिनलाई व्यथा लागेपछि उनि कराईरहेको अवस्थमा स्थानिय महिलाहरु ले बच्चा पाउनको लागि सहज वातावरण गराउन सहयोग गरेका थिए । प्रतापपुर गाँउपालिका को वडा नं. ६ झुल्नीपुरमा रहेको शसस्त्र प्रहरी वोडर आउट पोष्ट नजिकै भएको एक झुपडीमा ति महिलाले छोरी लाई जन्म दिएकी हुन् ।


स्थानियहरु को भनाई अनुसार उनि संधै त्यही सेरोफेरोमा पागल अवस्थामा घुम्ने गर्थिन । उनलाई सबैले जानकी भनेर बोलाउने गरेका थिए । खान नभएको बेलमा खान समेत स्थानियले दिने गरेका थिए तर पनि उनि यस्तो अवस्थामा भएको कसैलाई पनि थाहा थिएन् । हिजो मात्रै उनि छोरी पाएपछि स्थानिय दंग परेका छन् । हाल अहिले आमा र छोरी लाई जिल्लाको सदरमुकाम मा रहेको पृथ्वीचन्द्र अस्पताल भित्रको ओसिएमसीमा राख्ने व्यवस्था गरीएको छ । एक स्थानिय महिलाले हिजै देखि स्यहार्दै थिईन । आज प्रहरीले ति आमा र बच्चालाई लयाएर ओसिएमसीमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी न्यायब उपरीक्षक विरेन्द्र थापाले बताउनु भएको छ ।


हाल आमा र बच्चाको स्वास्थ्य स्यहारसुसारको लागि ओसिएमसीमा राखिने र थप अनुसन्धान पश्चात परीवारजनमा प्रवक्ता थापाले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *