मधेशी संग प्रेम (लभ) नटुट्नेः प्रचण्ड

परासी ।
मधेशी जनाता संग भएको प्रेम नटुटेको पुर्वप्रधानमन्त्री एव नेकपापाटीका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले बताएका छन् । मधेशी जनताले मलाई दिएको माया र प्रमेलाई कहिले पनि नट्टने उहाँले भन्नु भएको छ ।


पश्चिम नवलपरासीको सदरमुकाम मंगलवार देखि उद्घाटन भएको कृषि पर्यटन तथा औधोगिक व्यापार मेलामा उद्घाटन गर्न आएका प्रचण्डले मधेशी संग डिभोस भएको कुरा गलत भएको बताएका छन् । मधेशी, आदिवासी जनजाती, मुस्लिम थारु र दलित लगायतको मुद्धाहरु राम्रो संग सम्बोधन भएन भने नोट अफ डिसिजन लेखेर दर्ता गराउन म एक्लो मात्र नेता भएकोले म कसरी मधेशी संग डिभोस गरेको भनेका हुन् । सरकारमा सहभागि गराउने बेलामा समान्निय प्रधान मन्त्री केपी शर्मा ओली उपेन्द्र र म दुई बुंदे सहमतिमा आवश्यकता अनुसार संविधान संसोधन गरीने छ भनेर हस्ताक्षर गरीएको भनेपछि यस्तै निर्वाचनको वातारण बनाउनको लागि संसदमा दुई पटक संविधान संसोधनको लागि प्रस्ताव दर्ता गरेको हो भनेर तपाईहरुलाई थाहा नै छ भने कसरी डिभेस गरेको भन्ने प्रश्न गरेका थिए । समाजवादि पाटी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले पुर्व प्रधान मन्त्री एव नेकपा अध्यक्ष पुष्प कमल दहालले मधेशी संग पहिला लभ गरे र हाल डिभेस गरेका भनेपछि यस्तो कुरा खण्डन प्रचण्डले गरेका थिए । https://www.youtube.com/watch?v=jlYElvn3b0w


यस्तै अर्थ मन्त्रि डा. युवराज खतिवडले कर कार्यालय नवलपरासीका परासीमा पनि आउने पालो बताएका छन् । स्थानिय नेताहरुले कर कार्यालय परासीमा पनि आवश्यक भएको भनेपछि परासीमो पनि पालो आउने खतिवडाले बताएका हुन । यसै विच पुर्व मन्त्री एव प्रतिनिधि सभा सदस्य हृदेश त्रिपाठीले कर कर भनेर धेरै नै आलोचना आउन थालेको ले यसको लागि संवैधानिक आगोग गठन गर्न पुर्व प्रधान मन्त्री प्रचण्ड र अर्थ मन्त्रि खतिवडालाई आग्रह गरेका छन् । कर आयोगले सबै ठाँउको अवलोकन तथा अनुसन्धान गरी अवश्यकता अनुसार कर लगाउन सहयोग गर्ने भन्दै यस्तो किसिमको आगोग गठन गर्न माग गरेका छन् ।


मेला उद्घाटनमा प्रतिनिधि सभा सदस्य ह्देश त्रिपाठी, देवेन्द्रंराज कण्डेल, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकाल लगायतकाले सम्बोधन गरेका थिए । मंसिर ३ गते देखि १५ गते सम्म चल्ने यो मेलामा तयारी पोशाकका कपडा, छालाका जुत्ताचप्पल, घरेलु तथा लघु उद्यमीद्धारा उत्पादित बस्तु, फर्निचरका सामाग्री, खाद्यपदार्थ, आधुनिक तथा कृषि उत्पादन र उपकरण, ईलेक्ट्रिक सामाग्री, सुचना प्रविधि जस्ता बस्तुहरु गरि कुल १३० वटा स्टल राखिएको छ । मेलामा नेपाल भारतबाट गरि कुल २ लाख दर्शकले मेला अवलोकन गर्नेछ भन मेलामा कुल ५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *