भारतमा ट्रेन सञ्चालनमा आएपछि नेपाललाई चुनौति, ५ हजार सम्म क्वारेन्टाईन राख्ने व्यवस्थापनको तयारीमा सुुनवल नगरपालिका

परासी, बैशाख २७ ।
भारतको विभिन्न शहरमा काम गर्न गएका मजदुरहरु फसेपछि ट्रेन सञ्चालनमा आएको छ । कोरोना महामारीले खाना बस्न समस्या भएको भन्दै उनिहरुलाई आफ्नो घर जान भारत सरकारले ट्रेन सञ्चालन गरेपछि नेपाल सरकार र स्थानिय तहलाई चुनौति थपिएको छ ।

नेपालीहरु पनि भारतको विभिन्न शहरहरु मा काम गर्न गएका र अहिले फक्र्ने क्रम जारी रहेकोले पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले पूर्व तयारीमा जुटेको छ । भारतकै मजदुरहरु कोरोना महामारीले गर्दा अलपत्र परेको हुनाले उनिहरुलाई आफ्नो गन्तव्यमा पुग्नलाई भारत सरकारले ट्रेन सञ्चालनमा ल्याएको छ । ति मजदुर हरु खाना नपाएर भोकै बस्नु परेको अवस्था रहेको जस्मा नेपालका पनि नेपालीहरु रहेका छन् । नेपालिहरु पनि काम कै दौरानमा भारतको विभिन्न शहरहरुमा काम गर्दै आएका थिए र कोरोनाले गर्दा अलपत्र परेका छन् । यसै विच भारत सरकारले उनिहरुलाइृ आफ्नो घर फर्कनको लागि ट्रेन सञ्चालनमा ल्याए संगै नेपालीहरु पनि नेपाल भित्रिन थालेपछि नेपाल सरकार र स्थानिय तहलाई चुनौति थपिएको छ । यि चुनौतिलाई सामना गर्न सुनवल नगरपालिकाले पूर्व तयारीमा जुटेको छ ।

नगरपालिकाले १३ वटै वडालाई लक्षित गरी ५ हजार सम्म मान्छे अट्ने गरी क्वारेन्टाईन व्यवस्थापनमा लागेको सुनवल नगरपालिका का मेयर भिम बहादुर थापा क्षेत्रीले बताएका छन् । नगरपालिका को सबै वडामा समुदायिक भवन र विद्यालयहरु रहेका छन् । ति भवन र विद्यालयमा उनिहरुलाई बस्ने गरी व्यवस्थापनको तयारी अवस्थामा नगरपालिका लागेको मेयर थापाले बताएका छन् । अब भारत तथा बाहिर बाट आउनेहरु ले नेपाल सरकारलाई नै चुनौति बन्न गएपछि स्थानिय तहहरु ले नै अग्रसर भएर यसको व्यवस्थापनमा लाग्नु उचित ठान्दै पूर्व तयारीमा जुटेको उहाँले भन्नु भयो । उनिहरु लाई खाना तथा बस्नलाई भवन व्यवस्थापन नगरपालिकाले नै गर्ने भएपनि विस्तारको लागि उनिहरु आफ्नै घरबाट व्यवस्थापन गर्न सक्ने भए ५ हजारलाई नै नगरपालिका भित्र राख्न सकिने मेयर थापाले दावि गरेका छन् । यस्मा वडा बाट नै हामि जनप्रतिनिधिहरु लाग्ने उहाँले भन्नु भयो । नगरपालिकाको दैवि प्रकोप कोषमा हाल सम्म १ करोड ४७ लाख जुटेको जस्मा ५२ लाख विभिन्न संघसंस्था, १५ लाख प्रदेश सरकार र ८० लाख नगरपालिकाको पहिलै देखि कोषमा रहेको नगरपालिका प्रमुख थापाले भन्नु भयो । हाल सम्म अनुमानित ८० लाख खर्च भईसकेको उहाँले बताउनु भएको छ ।

नेपाल यो भन्दा पहिला खासै चुनौतिमा नभएपनि अहिले चुनौतिको साथ खतराको अवस्थमा भएको हुनाले सबै पालिकाहरु सजग भएर बस्न आवश्यक रहेको छ । नेपाल भारतको खुल्ला सिमानाका भएको कारणले गर्दा नेपाल भित्रिनेको संख्यामा वृद्धि भईरहेको छ । अहिले भारतिय प्रहरी प्रशासनले पनि खासै रोक नलगाएको र आउन दिएपछि नेपाल छिर्न सजिलो भएको गुजरात बाट आएका सुनवल बासी सोनु कहाँरले बताएका छन् । उनि मई ६ तारीख नै ट्रेन चढेर आज मात्रै सुनवल नगरपालिका आफ्नो घर पुगि नगरपालिकाको क्वारेन्टाईनमा बस्न पुगेका छन् । आफ्नै नगरपालिका को क्वारेन्टाईनमा बस्न ठिक ठानि नेपाल आएको बताएका छन् । उनि भारत स्थित गुजरात शहरबाट आजै आएपछि उनलाई एम्बुलेन्समा राखेर क्वारेन्टाईनमा ल्याईएको छ ।

यस्तै क्वारेन्टाईनमा रहेको लाई कैलाश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण समिति द्धारा निशुल्क खानाको व्यवस्था पनि गरीएको छ । समितिले क्वारेन्टाईनमा बसेकालाई निशुल्क नास्ता खाना तथा खाजाको व्यवस्था सहित उनिहरुलाई सेवा दिईरहेको समितिका अध्यक्ष गोपाल आर्चायले बताउनु भएको छ ।

हाल अहिले नगरपालिकाले नयाँ ठाँउमा बनाएको क्वारेन्टाईनमा आज एक जना थपिए संगै २२ जना भएका छन् । पछिल्लो समयमा भारतबाट आउने को संख्या बढे संगै जिल्लामा क्वारेन्टाईनमा बस्ने संख्या १ सय ९४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *