भक्तपुरको गुण्डुमा यसरी आयो सिंहदरबार

फागुन ३, २०७५

काठमाडौँ – गतवर्ष सम्पन्न आम निर्वाचनमा सत्तारुढ दल नेकपाको चुनावी घोषणापत्रको एक मुख्य नारा थियो ‘गाउँ-गाउँमा सिंहदरबार’ । भक्तपुर सुर्यविनायक नगरपालिका वडा न. ७ कार्यालय वरपरको आजको दृश्य हेर्दा त्यतिबेलाको घोषणापत्रको सोही नारा अनुरुप जनताको मन जित्न भक्तपुरका जनप्रतिनिधीहरु सकृयतापूर्वक लागिरहेका थिए ।

जिल्ला सदरमुकामका सम्पूर्ण सरकारी निकायका सेवाप्रदायक कार्यलयहरु कर्मचारी, फाईल, कागजात सहित देखिन्थे भने अस्पताल र अन्य स्वास्थ्य संस्थाहरु उपकरण र स्वास्थ्यकर्मीसहित देखिन्थे । सयौं नागरिकहरु आफ्नै गाउँटोलमा आईपुगेको यो शिविरबाट लाभ लिन तल्लिन देखिन्थे ।

सेना, प्रहरी लगायत अन्य सरकारी निकायहरु विभीन्न स्टलमार्फत जनचेतना मुलक सत्रहरु सन्चालनमा व्यस्त  देखिन्थे । रक्तदान ,स्वास्थ्य शिविर लगायतका स्टलहरुमा गाउँलेको उल्लेख्य भीड देखिन्थ्यो । आफूलाई आवश्यक सम्पूर्ण सेवाहरु लिइसकेपछि घर फर्किने बेला गाउँलेहरूको ‘रिफ्रेसमेण्ट’का लागि चियापान, सांस्कृतिक तथा मनोरन्जनात्मक गतिविधिहरूसँगैको मैदानमा आयोजना गरिएको थियो । सिंगो गाउँ, टोलभरि स्थानियहरुको बाक्लो चहलपहल देखिन्थ्यो ।

पूर्वउद्योगमन्त्री तथा भक्तपुर प्रतिनिधि सभा सदस्य महेश बस्नेतको पहलकदमी र नेपाली सेनाको वीरदल गणको व्यवस्थापनमा आजदेखि शुरू भएको एकीकृत घुम्ती सेवामा हज्जारौ जनताको स्वत: स्फुर्त सहभागीता रहेको आयोजकको दावी छ । सरकारको लक्ष्य अनुरुप जनतालाई सहज सेवा प्रदान गर्नु र सुशासनको प्रत्याभुती दिलाउनु यस् अभियानको मुख्य उदेश्य रहेको सांसद महेश बस्नेतले बताए ।

राज्यका तिनै तहका प्रतिनिधिहरुको सहभागिता रहने उक्त अभियानको प्रसाशनिक सेवाको नेतृत्व प्रमुख जिल्ला अधिकारीले नै गर्ने र हरेक महिनाको पहिलो शुक्रबार फरक फरक वडामा यस् कार्यक्रम संचालन हुने जानकारी बस्नेतले दिए । जनता र जनप्रतिनिधीकै बीचमा पारदर्शी हिसाबले सेवा प्रदान गर्ने उपयुक्त वातावरण निर्माणको कारण जनताले भोग्नु परिरहेको प्रशासनिक झमेला, ढिला सुस्ती र भ्रस्टाचार अन्त्य गर्न यो अभियान प्रभावकारी रहने दावी समेत सांसद बस्नेतले गरे ।

‘घरको सानो सिफारिस र अंशबण्डाको लफडा थियो काम अल्झिराको थियो आज गाउँटोलमै सिडियोसाप, हाकिमसापहरु आफैं आएर हाँसीहाँसी काम गर्दिनुभयो,’ एक वृद्ध महिलाले भनिन्, ‘सारो खुशी लाग्यो, अचम्मै भो ।’ गाउँकै एक व्यक्तिलाई नागरिकता हस्तान्तरण तथा स्वास्थ्य परीक्षण गराउदै शिविरको उद्घाटन सांसद महेश बस्नेतले गरेका थिए । साभारः लाेकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *