बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले आज एक घरमा जुवा खेलिरहेका १३ जनालाई झण्डै साढे पाँच लाख रकम सहित पक्राउ गरेको छ ।

रिप्दीकोट गाउँपालिका–७ दभाकाको एक घरमा जुवा खेलिरहेका १३ जनालाई  ५ लाख ४५ हजार ८ सय ५५ रुपैयाँ सहित पक्राउ गरिएको पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले जानकारी दिए ।

 उनले ती १३ जनालाई  जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए । राताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *