बुटवलको मैनाबगरमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

१४ चैत, बुटवल । बुटवलको मैनाबगरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मैनाबगरको ज्योती इन्जिनियरिङ वर्कसपमा काम गर्ने अन्दाजी ४० वर्षका फिरोज खान रहेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

वर्कसपमा काम सकेर डेरामा जाँदै गर्दा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । कसले किन गोली चलाएको भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ ।

गोलि प्रहाराबाट घाइते भएका खानलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साभारः अनलाइन

224SHARES

Leave a Reply

Your email address will not be published. Required fields are marked *