बाल विवाहले स्वास्थ्यमा पार्ने असर र कानुनी ब्यबस्था विषयक सचेतना कार्यक्रम

नवलपरासी फागुन ९

टाईम बचत तथा ऋया सहकारी संस्थाले गोपिगञ्ज बजारमा बाल विवाहले स्वास्थ्यमा पार्ने असर तथा बाल विवाह सम्बन्धी कानुनी ब्यबस्थाका विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सहकारीको महिला परिचालन उप समितिकी अध्यक्ष गंगा पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 


विशेषगरी थारु, मुस्लिम तथा मधेशी समुदायमा मा विवाह बढि हुने गरेको पाईएकोले त्यहि समुदायलाई लक्षित गरेर सचेतना कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख प्रशिक्षक अञ्जनी श्रेष्ठले बाल विवाहले स्वास्थ्यमा पार्ने प्रभावको विषयमा सहजीकरण गर्नुभएको थियो भने प्रशिक्षक सरावादिन अलि अन्सारीले बाल विवाह सम्बन्धी कानुनी ब्यबस्थाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

 २० बर्ष भन्दा कम उमेरमा विवाह गर्दा प्रजनन अंग पूर्ण रुपमा विकसित र सक्षम नहुने कुराको सामान्य जानकारी नहुंदा बाल विबाहले प्रसय पाईरहेको प्रशिक्षकहरुले बताएका थिए । छोरी माईतमा लामो समय सम्म बस्दा समाजले कुरा काट्ने डरले गर्दा पनि छोरीहरुको कम उमेरमै विवाह हुने गरेको कार्यक्रममा सहभागिहरुले बताएका थिए । पुरुषहरुको अधिनमा बस्नुपर्दा नचाहेरै भएपनि कम उमेरमा बच्चा जन्माउनुपर्ने बाध्यता रहेको कार्यक्रमा सहभागी एक किशोरीले धारणा ब्यक्त गरेकी थिईन । कार्यक्रममा २ सय ४३ जनाको सहभागिता रहेको थियो ।

यूूवा परिचालन उपसमिति र महिला परिचालन उपसमितिको संयुक्त आयोजनामा भएका कार्यक्रममा सहकारीका अध्यक्ष रुद्र प्रकाश  उपाध्यायले सहकारीको बारेमा प्रकाश पार्नुभएको थियो भने यूवा परिचालन उपसमितिका संयोजक गणेश पाण्डेको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष फुलकुमारी गिरीले गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *