बारा जीप दुर्घटनाका घाइते प्रजिअको मृत्यु

 काठमाडौँ, ६ फागुन। घाइते प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । बारामा जीप दुर्घटनामा परेर गम्भीर भाइते भएका भट्टराईको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

माघ १२ गते भट्टराईको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको थियो। सो दुर्घटनामा सशस्त्र प्रहरी बलका एसपी बलराम पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो भने भट्टराईसहित अन्य ३ जना घाइते भएका थिए ।

घटनालगत्तै स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

गत शनिबारबाट उनको परिवारले पत्रकार सम्मेलन गरेर घटना शंकास्पद भएको दाबी गरेको थियो । घटनामा ज्यान गुमाएका सशस्त्रका एसपी पोख्रेलको परिवारले जिल्ला प्रहरी कार्यालय, बारामा स्कोर्पियो चालक जगतनारायण राउत कुर्मीविरुद्ध जोहरी समेत दिएका छन् । हाल उनी प्रहरीकै हिरासतमा छन् । साभारः नयाँपाइला

Leave a Reply

Your email address will not be published. Required fields are marked *