बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते, एकको अवस्था गम्भिर

काठमाडौँ, ५ फागुन। भद्रकाली नजिकै बा३ख २४१६ नम्बरको बसले मोटसाइकललाई ठक्कर दिंदा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकलमा सवार मनमैजुकी अस्मिता पौडेल रहेको छ। घाइते पौडेलको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटर साइकल चालक भने सामान्य घाइते भएका छन् । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

सिंहदरबारतर्फ आउँदै गरेको मोटरसाइकललाई भद्रकाली नजिकैको आकाशे पुलमुनि बसले ठक्कर दिएको महानगरीय प्रहरी बृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक (डीएसपी) काजीकुमार आचार्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *