बर्दघाट नगरपालिकामा सुर्यनगर गोल्डकपको नगर प्रमुख द्वारा उद्घाटन


मुक्ती तिवारी, माघ २५ ।
बर्दघाट नगरपालिका वडा नं. १६ सुर्यनगरमा पाचौं सुर्यनगर गोल्डकप आज देखि शुरु भएको छ । बर्दघाट नगरपालिका का नगर प्रमुख धिरज शर्मा बस्याल द्धारा उद्घाटन भई आज देखि शुरु भएको हो ।


नवयुवा क्लबका अध्यक्ष भिमकाजी गुरुङको अध्यक्षता तथा बर्दघाट नगरप्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको कार्यक्रलाई सम्बोधन गर्दै नगरप्रमुख शर्माले विश्वको अरु खेलहरु भन्दा फुटबल नै सबै भन्दा लोक प्रिय खेल भएको बताउनु भएको छ । यस्तै नवलपरासी बाट पनि फुटबलमा धेरै खेलाडिहरु अगाडि गईसकेको ले फुटबल लाई प्राथ्मीक्ता दिनु आवश्यक रहेको बताउनु भएको थियो । प्रमुख अतिथि शर्माले बर्दघाट क्षेत्रको लागि यो सुर्यनगर गोल्ड कप चिनारी समेत बोकेको बताउनु भयो । खेलखुदको बिकास र खेलाडीहरुको प्रोत्साहनकालागि दक्ष खेलाडी उत्पादन तर्फ नगरले विशेष जोड दिने बताउनु भयो ।


नगरभित्र आधुनिक रंगशाला निर्माणको कार्ययोजना अघि बढाईएको जानकारी दिदै नगरप्रमुख शर्माले बर्दघाट नगरपालिका भित्रका खेलाडीहरुलाई अघि बढाउनका निम्ति यस क्षेत्रको खेलकुदको बिकासका लागि नगरबाट पुर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
सोही अवसरमा बोल्दै सुस्ता गाउपालिका का अध्यक्ष रामप्रसाद पान्डेले स्थानिय स्तरमा खेलाडीहरु उत्पादन गरि रास्टृय स्तरसम्म पुर्याउनका लागि यस्ता किसिमका प्रतियोगिताहरुले बल पुर्याउने बताउदै खेलक्षेत्रको समग्र बिकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।


यसै गरि कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका का प्रवक्ता रबिन्द्र बिक्रम हमालले खेलखुदको प्रवद्र्धनमा सुर्यनगर गोल्ड्कपले ठूलो टेवा पुगेको बताउनु भयो।आगामी दिनमा अझै परिस्कृत रुपमा यसलाई अघि बढाउदै यसमा सबै समुदाय र खेलप्रेमिहरुको साथ र सहयोग अपरिहार्य रहेको बताउनु भयो । कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख मायादेवी पौडेल लगायत को मन्तव्य रहेको थियो ।


उद्घाटन सत्रको पहिलो दिनको खेल अन्तर्गत नवलपरासी(११ र मकवानपुर बिचको प्रतिस्पर्धा रहेको थियो।जसमा नवलपरासीले १ का बिरुद्द २ गोलाल्तरले जित हासिल गरेको छ।खेलको पहिलो हाफ को ३ औ मिनेटमा नवलपरासी(११ का खेलाडी डेबिड डोमर जर्सि नम्बर(१४ ले १ गोल गरेका थिए।भने खेलको दोस्रो हाफ अन्तर्गत १० औ मिनेट मा नवलपरासी(११ का खेलाडी सुरज आलेले अर्को गोल गर्न सफल भएका थिए।त्यसै गरि दोस्रो हाफ अन्तर्गत मकवानपुरले १ गोल गरेको थियो।आजको खेलमा नवलपरासी(११ का खेलाडी डेविड डोमर म्यान अफ द म्याच घोसित भएका थिए।


क्लबका सस्थापक अध्यक्ष ईन्द्र गुरुङ्को स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन क्लबका पुर्व अध्यक्ष कृष्ण सापकोटाले सन्चालन गरेका थिए।कार्यक्रममा स्थानिय खेलप्रेमिहरु,समाजसेवी,विभिन्न राजनितीक दलका प्रतिनिधिहरु जनप्रतिनिधी,सन्चारकर्मी लगायतको उपस्थिती रहेको थियो भने दर्शकहरुको समेत उल्लेख सहभागीता रहेको थियो।प्रतियोगिता बर्दघाट नगरपालिका को संरक्षकत्व तथा नवयुवा क्लब बर्दघाट(१६ सुर्यनगरको आयोजनामा सन्चालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *