प्रधानमन्त्री आज कावासोती र बुटवल आउँदै


बैशाख ७, कावासोती ।
प्रधानमन्त्री केपी शर्मा ओली आज पूर्वी नवलपरासीको कावासोती र बुटवल आउने भएका छन् । कावासोती र बुटवलमा हुने कार्यक्रमहरु को उद्घाटन गर्न प्रधामन्त्री ओली आउने छन् ।


आज ११ बजे प्रधानमन्त्री ओली बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जितगढी किल्लामा कर्णेल उजुरसिँह थापाको पूर्ण कद बनाईएको शालिकको अनावरण गर्नको लागि प्रस्थान गर्नुहुन्छ । यसैगरी दिउँसो १ बजे प्रधानमन्त्री ओलीले नवलपुरको कावासोतीमा आयोजना गरिएको बर्दघाट सुस्तापूर्व नवलपरासी जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।


एक सय ७९ बिघा क्षेत्रफलमा फैलिएको जग्गामा स्थानीय, प्रदेश र संघ अन्तर्गतका कार्यालयहरू स्थापना गर्ने योजना अनुसार प्रधानमन्त्री ओली शिलन्यासका लागि कावासोती आउने कार्यक्रम तय भएको प्रतिनिधि सभा सदस्य तिलक महतले जानकारी दिए । प्रधानमन्त्री ओली चौधरी उद्योग ग्रामभित्र रहेको शास्वतधाम अवलोकन गरेर काठमाडौं र्फकने उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *