प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति अस्पतालमा

मंसिर १२ ,  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

राष्ट्रपति भण्डारीले बिहीबार साझ ७ः ४० बजे महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा भइहरेको सुधारप्रति खुसी व्यक्त गर्दै राष्ट्रपति भण्डारीले स्वास्थलाभको शुभकामना दिएकी छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान ९ बजे अस्पताल पुर्याइएको थियो । 

विशेषज्ञ चिकित्सकको टोलीले परीक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी’ (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) र ‘एपेन्डेक्टोमी’ (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया) गरिएको थियो । राताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *