प्रधानध्यापकमा माथि दुव्र्यहार गरेकाे मा विरोध प्रदर्शन

संजय कुशवाहा, बेलाटारी, माघ ९ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका का एक विद्यालयका प्रधानध्यापक माथि दुव्र्यहार गरेको भन्दै विरोध प्रर्दशन भएको छ । प्रतापपुर गाउपालिका को वडा नं. ६ मा रहेको श्री जन जागृति माविको प्रधानध्यापक बाबुराम सुवेदि माथि भएको दुव्र्यहार लाई विद्यार्थिहरु ले विरोध जनाएका छन् ।


जग्गाको विषय लाई लिएर एक स्थानिय ले प्रधानध्यापक माथि दुव्र्यहार गरेका थिए । प्रतापपुर गाउपालिका को वडा नं. ६ मा रहेको विद्यालय कै जग्गा दर्ता गर्न भईरहेको सर्जमिन लाई लिएर स्थानिय गोविन्द यादवको छोरी अञ्जली यादवले मेरो जग्गा हो भन्दै प्रधानध्यापक माथि चपल प्रहर गरेकि थिईन् । त्यसैको विरोधमा विद्यालयका विद्यार्थिहरु र शिक्षकहरुले विरोध प्रर्दश गरेका थिए । विरोध प्रर्दशनमा जग्गा विद्यालयको हो, जग्गा हडप्न पाइदैन, भूमाफिया खबरदार भन्ने नारा लगाएका थिए ।


विध्यालयले २०७२ साल पौष २९ गतेका दिन विध्यालयको एक्कल स्वामित्वमा रहेको जग्गा साविक गा.वि.स.वडा,नं ७ को कित्ता नं २४ को ६ कट्ठा बोलपत्र गर्दै ठेक्कामा गोविन्द यादवलाई दिएको थियो तर उनि सो जग्गा उपभोग नगरी साविक वडा नं ४÷१ (ख) कित्ता नं १९ को ५ कट्ठा ३ धुरमा उपभोग गर्दै आएका थिए । उक्त जग्गा दर्ता नभएको हुदाँ यादवले कब्जा गरी घर टहरा निर्माण गरेका थिए । विध्यालयले उक्त जग्गा केही महिना अगाडि खाली गराएको थियो । हिजो विद्यालयको नाम जग्गा दर्ताको लागि सर्जमिनको प्रक्रिया अगाडि बढेको थियो । जग्गा सर्जमिन भएर फर्किरहेको समयमा अञ्जली यादवले दुव्र्यहार गरेकि छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *