प्रदेश १ का मुख्यमन्त्री राई विरुद्ध मुद्दा दायर

काठमाडौँ फागुन १६ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै  ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी हुन् ।

सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दायर गरेको मुद्दामा उल्लेख छ । मुख्यमन्त्री राईले आफूलाई यौन दुव्यवहारका साथै घरेलु हिंसा गरेको आरोप उनको  छ । राईविरूद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ । राताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *