प्रगतिशिल जनवादी गायक प्रचण्ड बुढाथोकीको श्रद्धाञ्जली (फाेटाेफिचर)


परासी, बैशाख ६ ।
प्रगतिशिल जनवादी गायक प्रचण्ड बुढाथोकीको आज श्रद्धाञ्जली गरीएको छ । आज छैठो दिनमा नेपाल कम्युिनष्ट पार्टी (नेकपा) नगरकमिटि बर्दघाटले आज श्रद्धाजलीको आयोजना गरेको थियो ।


जनवादी गायक प्रचण्ड बुढाथोकी नेपाल कम्युनिष्ट पार्टिको अग्रज कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको आज छैठो दिनमा गरीएको श्रद्धाञ्जलीमा प्रदेश मन्त्री, प्रदेश सासंद र पुर्व सासंद लगात, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य लगायत स्थानिय नेताहरुको उपस्थिति रहेको थियो । बुढाथोकिले पार्टीमा गरेको योग्दान लाई कहिले पनि विर्सन नसकिने श्रद्धाञ्जली कार्यक्रमका बक्ताहरुले बताएका छन् ।


प्रदेश ५ सदस्य तथा जिल्ला कार्यदल सदस्य घनश्याम यादवको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रदेश ५ का भौतिक योजना तथा पुर्वधारक मन्त्री बैजनाथ चौधरीले गायक प्रचण्ड बुढाथोकीमो अदभुत कला भएको बताउनु भयो । मन्त्री चौधरीले नेकपाले कुनै कार्यक्रम यस्तो थिएन कि त्यसमा प्रचण्ड बुढाथोकी नहुन । जब कार्यक्रम हुन्थ्यो अनि मान्छेको भिडभाड नभएको समयमा उहाँलाई गित गाउन लगाउदै गरीएको भन्नु भयो । यस्तै नेपाल कम्युनिष्ट पाटीका स्थायि कमिटि सदस्य घनश्याम भुसालले गायक प्रचण्ड कुन ैपनि समस्या तथा अफ्ठयारोमा कसरी बाच्ने भनेर प्रचण्ड बुढाथोकीले सिकाउनु हुन्थ्यो भन्नु भयो । उहाँले भन्नु भयो प्रचण्ड बुढाथोकीले जब गाउन शुरु गर्नुहन्थ्यो अनि हामिलाई उर्जा पैदा हुन्थ्यो ।


यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टिका केन्द्रि सदस्य तथा जनता प्रकाशन प्रसारका अध्यक्ष विजय कुमार पौडेलले जनवादी गायक प्रचण्ड बुढाथोकीको कृतिहरु लाई हामि जनता प्रकाशन बाट पुस्तकहरु निकाल्ने भन्नु भयो । त्यस्तै गायक प्रचण्ड बुढाथोकीको नाममा अक्षय कोष पनि खड् गरीएको छ । प्रचण्ड बुढाथोकी अध्ययन केन्द्र नेपालको लागि एक अक्ष्य कोष खडा गरी करीब ४ लाख भन्दा बढि रकम संकलन भईसेकेको छ । जनवादी गायक बुढाथोकीको नाममा केही गर्नु पर्यो भन्दै उहाँको छोरा र छोरीहरुको एक सल्लाहले यस्तो कार्यलाई अगाडी बढाईएको छ । बुढाथोकी परीवार तथा छोरा छारीहरु बाट माात्रै करीब ३ लाख रकम संकलन भएको छ । यसैविच प्रतिनिधि सभा सासंद तिलक महतले नवलपरासी पुर्व नेपाल कम्युनिष्ट पार्टीको तर्फ बाट ५० हजार रकम अक्षय कोषमा दिने बताउनु भएको छ ।


गायक प्रचण्ड बुढाथोकी १९९४ मा बुवा छविलाल बुढाथोकी र आमा तुल्सा बुढाथोकीको काँख बाट जन्म लिएका थिए । उहाँ २०२७ सालमा नवलपरासीको साविक माकर गाविस २ को चिसापानीमा बस्दै आएका थिए । तत्कालिन घटना, जनगित, कुम्बासी, तत्कालिन समस्या तथा अधिकारको लागि गितहरु उहाँले गाउनु भएको थियो । उहाँले तत्कालिन समानतिवाद र पञ्चायतकाल लाई प्रहार गर्दै कयौं गितहरु गाउनु भएको थियो । प्रचण्ड बुढाथोकिले गाएको गितहरुमा हेर नेपाल चर्को महंगिले खायो कपाल, जानी बेला रेलिमई सगुनको माला, लाउरे हुन नजानु, माया मारीए र रातो रुमाल जस्ता धेरै नै गितहरु रहेको छ । देश तथा विदेश भारच र उत्तर कोरीयामा समेत गित उहाँले गाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *