पेट्रोल र डिजलको मूल्य बढ्यो

१६ पुस, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले  जनाएको छ । अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *