पश्चि नवलपरासीको सुस्तामा कोरोना संक्रमित भेटिए संगै जिल्लामा संख्या २ पुग्यो


परासी, जेष्ठ ७ । पश्चिम नवलपरासीमा थप एक जनामा कोरोना संक्रमित भेटिएका छन् । सिमावर्ति क्षेत्रमा रहेकाे सुस्ता गाँउपालिका का ति पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकको जानकारी अनुसार सुस्ता गाउपालिका वडा नं. ५ का २६ वर्षिय युवक रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले बताउनु भएको छ । यही जेष्ठ ४ गतेका दिन ५५ जनाको स्वाब संकलन गरी परीक्षणको लागि टेकु अस्पताल काठमान्डौंमा पठाईएको थियो । आज थप एक जनासंगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ । हाल सम्म पश्चिम नवलपरासीमा ६ सय ७६ जना क्वारेन्टाईनमा रहेका छन् ।

यस्तै पुर्वी नवलपरासीमा पनि कोरोना संक्रमितको संख्या २ पुगेको छ । हिजो पुर्वी नवलपरासीको देवचुलि नगरपालिका माईति घर भएकी २४ वर्षिय महिला कोरोना संक्रमित थपिए संगै पुर्वी नवलवरासीमा संक्रमितको संख्या २ पुगेको छ । अहिले ति महिला बस्ने परीवारको स्वाब संकलन गरी वडा शिल गर्ने भएको छ । रुपन्देही घर भएकी ति महिला करीब १० दनि माईति बसी काठमान्डौं गएकी र हाल उनि काठमान्डौं मै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *