पश्चिम नवलपरासीमा बुधवार पूर्ण लक डाउन

परासी चैत्र १० ।
पश्चिम नवलपरासीमा एक दिनको लागि पूर्णरुपले लक डाउन हुने भएको छ । आज बसेको विपद व्यवस्थापन समितिको बैठकले चैत्र १२ गते बुधवारका दिन मान्छेहरु लाई बाहिर हिलडुल गर्न न मिल्ने हिसाबले लकडाउन गरीने छ ।

कोरोना भाईर (कोभिड ९०) को पूर्वतयारीका लागि स्थानिय तहका प्रमुख एव प्रतिनिधि र राजनितिक दलहरुको सुझाव पछि आज निर्णय उक्त दिन पुर्ण लकडाउन गरीने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले जानकारी दिनु भएको छ । विश्वभरी महामारिको रुप लिएको कोभिड ९० लाई मध्यनजर गरी जिल्ला विपद व्यवस्थापन समिति, स्थानिय तहका प्रमुख एव प्रतिनिधिहरु, राजनितिक दल र बुद्धजिविहरुको संयुक्त बैठकले चैत्र १२ गतेलाई लकडाउनको लागि प्रतिबध्ता जनाएको छ । उक्त दिन विहानको ५ बजे देखि राति ९ बजे सम्म आम नागरीकहरु लाई हिलडुल गर्न रोक लगाईएको छ ।

त्यसदिन सुरक्षा निकाय, स्वास्थ्य संस्था, एम्बुलेन्स, दमकल, सञ्चारकर्मि, मानवअधिकारकर्मि, अन्तराष्ट्रिय संघ संस्था बाहेकका सबै साधन तथा यतायात बन्द रहने जिल्ला प्रशासन पश्चिम नवलपरासीले जनाएको छ । यस्तै व्यवसायिक पसलहरुमा मेडिकल बाहेकका सबै पसहलहरु बन्द रहने छ ।


यस्तै आज बसेको विपद व्यवस्थापन समितिले स्थानिय तह लाई पनि आ–आफ्नो ठाउमा पुर्ण तयारी अवस्थामा बस्नलाई सुझाव दिएको छ । सिमानाकाहरुमा पनि उच्च सतर्कताको साथमा प्रहरीलाई खटाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *