पश्चिम नवलपरासीमा थप ३ जना कोरोना संक्रमित, संख्या ५ पुग्यो


परासी, जेष्ठ ९ ।
पश्चिम नवलपरासीमा थप ३ जना कोरोना संक्रमण पुष्टी भएको छ । रामग्राम नगरपालिका र सुस्ता गाँउपालिकामा संक्रमित देखा परेका छन् ।

सुस्ता गाउँ पालिकामा २ दिन अघि वडा नं. ५ मा एक २६ वर्षिय पुरुषमा संक्रमण देखा परेको थियो । आज पनि सुस्ता ५ कै ३३ वर्षिय पुरुष रहेका छन् । यस्तै रामग्राम नगरपालिकामा पनि २ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । राग्राम वडा नं. ३ का ३५ वर्षिय युवा रहेका छन् भने वडा नं. १८ का १५ वर्षिय महिला रहेको मन्त्रालयले जनाएको छ । यो संगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । सदरमुकाम कै नगरपालिका वडा नं. ३ मा संक्रमित भेटिए पछि जिल्लामा थप चुनौति बनेको छ । रामग्राममा भेटिएका संक्रमितहरु कहाँ बाट कसरी आएको विस्तृत खुल्न सकेको छैन् यसको वारे थप अनुसन्धान अगाडि बढाईएको छ ।

यस्तै पुर्वी नवलपरासीमा पनि थप एक जनामा कोरोना संक्रमण देखा परेको छ । विनयि त्रिवेणी गाँउपालिका वडा नंं. ६ बस्ने ४५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यो संगे पुर्वी नवलपरासीमा पनि ३ जनाको संख्या पुगेको यो भन्दा पहिला देवचुलि नगरपालिका का २ जना संक्रमितहरु हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *