पश्चिम नवलपरासीमा एक बृद्धमा आरडिटि पोजेटिभ, स्वाब टेष्टको लागि भैरहवा पठाईयो

परासी, बैशाख १० ।
पश्चिम नवलपरासीमा एक बृद्धमा आरडिटि टेष्ट गर्दा पोजेटिभ भेटिएको छ । बर्दघाट नगरपालिकाको ७८ वर्षिय बृद्ध पुरुषमा आज गरीएको आरडिटि टेष्ट पोजेटिभ देखाएको जन स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताउनु भएको छ ।

उनलाई साँस फेर्न गाह्रो भएपछि आरडिटि टेष्ट गरीएको ढकालले बताउनु भएको छ । शुरु मै टेष्ट गर्दा पोजेटिभ देखाएपछि फेरी एक पटक आरडिटि टेष्ट गरेका थियौं जस्मा आर्को पटक पनि पोजेटिभ नै देखाएको थियो । दुईपटक आरडिटि टेष्मा पोजेटिभ देखाएपछि उनलाई परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याईएको छ । आरडिटि टेष्ट बाटै कोरोना पोजेटिभ भएको भन्न नमिल्ने भएकोले उनको श्वाब संकलन गरी प्रदेश ५ को भैरहवा स्थित स्थापना गरीएको ल्याबमा पठाईएको छ । यसको रिपोर्ट भोलि विहान १० बजे सम्म आउने ढकालले भन्नु भएको छ ।

आरडिटि टेष्टले मात्रै कोरोना पोजेटिभ भन्न नमिल्ने भएकोले जिल्ला बासीहरुलाई आतिनु पर्ने अवस्था नरहेको ढकालले भन्नु भएको छ । ति बृद्धको अन्य परीवारका सदस्यहरु लाई टेष्ट गर्दा पोजेटिभ नदेखाएको उहाँले भन्नु भयो । जिल्लामा हाल सम्म गरीएको आरडिटि परीक्षणमा यो पहिलो घटना मात्र पोजेटिभ भेटिएको छ । हाल सम्म पश्चिम नवलपरासीमा एक सय उन्नपचास जनामा आरडिटि टेष्ट भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *