परासी मेलामा दुर्गेश थापाले उडाए धुलो, दर्शकले भने वन्स मोर (भिडियाे सहित)


परासी, मंसिर १४ । परासीमा जारी औधोगिक व्यापार मेलामा आज जनसागर उर्लिएको थियो । आज विहानै देखि दुर्गेश थापालाई पर्खेर बसेको दर्शकहरुले पानी खाईखाई नाचेका थिए ।


नेपाल कै बहुचर्चित गायक दुर्गेश थापाको बेजोड प्रस्तुतीले गर्दा परासी मेला धुलो उडेको थियो । थापाको प्रस्तुति शुरु हुनै वित्तिकै टिकट लिने गेटमा मान्छेहरुको लाईनको ताति लागेको थियो । उनको गित शुरु भएपछि दर्शकहरुको ह्वातै संख्या बढेको थियो । दुर्गे थापाको गित, विच विचमा,,,,,,, परासी बासी तथा मेलमा आएका दर्शकहरुको खुट्ट् २÷२ फिट माथि उठाउदै झुमेका थिए । मेला प्रवक्ता तथा उद्योग वाणिज्य महासंघ नवलपरासीका महासचिव गिरीराज पाण्डेले मेलामा भिडै थाम्ने नसकिने गरी भिड भएपछि हामिलाई व्यवस्थापन गर्न समेत गाह्रो भएको थियो । अहिले सम्म गराईएको मेलाहरु मध्य आज पहिलो पटक एकदिनमा यतिको दर्शहरु उत्रिएको बताएका छन् । दुर्गे थापाको यो गितलाई दर्शकहरुले वन्स मोर भन्दै पटक पटक यहि गितमा झम्न भनेका थिए । गथापाले गाएको सबै गितमा दर्शकले उत्तिकै झुमेका थिए । परासी मेलामा पहिलो पटक आएका थापाले दर्शकहरुको हर्सोउल्लासले गर्दा आर्को वर्ष फेरी पनि आउने वाचा समेत गरेका छन् । उनको गितमा रमाउँदै दर्शकहरुले मेलामा राती साढे ७ बजे सम्म बसेका थिए ।

यस्तै चर्चित गायक अर्जुन कौशलले पनि बेजोड प्रस्तुति गरेका थिए । उनि पनि थारु भोजपुरी मिक्स गितहरु गाएका थिए । यसै विच कौशलले आफ्नो गितमाहरुमा हट मोडेल डान्सर रिया श्रेष्ठलाई पनि झुमाएका थिए । यि दुशैको संगितिक र नाचले दर्शकहरुले निकै नै रमाईलो गरेका थिए । यसैविचमा लोक गायिका ईन्दिरा गैरे, रासी रिजाल र रोयल्स व्याण्डले पनि आ–आफ्नो प्रस्तुति गरेका थिए ।


मेलाको भोलि अन्तिम दिन पनि रोयल्स व्याण्ड र लेडिज डान्स गु्रपको प्रस्तुति रहने आयोजक तर्फको साँस्कृतिक संयोजक तारा आर्चायले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *