परासीमा आत्याधुनिक खेल मैदान निर्माण हुने


गौरीशंकर जयसवाल
परासी ११ चैत्र ।
पश्चिम नवलपरासीको परासीमा आत्याधुनिक खेल मैदान निर्माण हुने भएको छ । रामग्राम नगरपालिका वडा नं ४ स्थित पाल्ही क्याम्पसको जग्गामा खेल मैदान निर्माण हुने भएको हो । क्याम्पसले २ विगाह क्षेत्रफल जग्गा उपल्ब्ध गराउने भएपछि साे स्थानमा खेल मैदान निर्माण हुने रामग्राम नगरपालिकाले जनाएको छ ।
प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय र रामग्राम नगरपािलको आर्थिक सहयोगमा खेल मैदान निर्माण हुन लागेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए । प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयको ७५ लाख र रामग्राम नगरपालिको २५ लाख गरी कुल १ करोडको लगातमा खेल मैदान निर्माण हुने नगर प्रमुख गुप्ताले बताए ।
उक्त आत्याधुनिक खेल मैदानमा फुटबल, भलिबल जस्ता खेलहरुको पूर्वाधार निर्माण हुनेछ । नगरपालिकाको ईन्जिनियर सतिश कुमार गुप्ताको अनुसार खेलमैदान खेलाडीहरुको लागि कपडा चेन्ज गर्ने कोठा शौचालय बथरुमहरुको भवनहरु निर्माण हुने र खेलमैदनमा पानी बिजुलीको सुबिधा सम्पन्न पूर्वाधारहरु निर्माण हुने जानकारी दिए । आत्याधुनिक खेल मैदान निर्माणको लागि डिपिआर तयार भैसकेको र यसको केहीदिनमा ठेडर सुचना निकालेर निर्माण प्रक्रिया अगाडि बढाउने नगरप्रमुख गुप्ताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *