नेविसङ्घ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ ।

विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज (सोमवार) पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेरहद लगाउन माग गरेका हुन् ।  


“विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य हुँदैन,” उनले भने । तदर्थ समितिले छ महीनाभित्रै महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो । कार्यसमिति निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले विघटन गरेको आरोप उपाध्यक्ष रहेका रामप्रसाद अधिकारीको थियो ।

विस २०७३ भदौ ४ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दुई वर्ष पाँच महीना काम गरेको थियो ।  साभारः लाेकपथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *