नेपाली समाजको ब्यवस्थापनका लागि विभिन्न खालका नागरीक संगठन अपिहार्य ः मुख्य मन्त्री पोखरेल ।

गौरीशंकर जयसवाल,परासी ४,माघ ।

नेपाल स्काउटको प्रदेश नं.५को प्रदेश स्तरीय स्काउट आधारभुत तालीम शुरु भएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको सशस्त्र प्रहरी बेश क्याम्पमा आज आधारभूत तालिमको समुद्घाटन प्रदेशका नं ५का मुख्य मन्त्री शंकर पोखरेलले गरेका छन ।

समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दे मुख्य मन्त्री पोख्रेलले सडक दुर्घट्ना,बाढी पहिरो,भुकम्प,आग्जनी लगाएतका अकल्पनिय विपतका वेला राज्यका औपचारीक संगठनहरुले मात्र त्यसको ब्यवस्थापन गर्न नसक्ने भएकाले स्काउट जस्ता नागरीक स्तरका संगठनहरुको सहयोग चाहिने बताए ।

उनले नेपाली समाजको ब्यवस्थापनका लागि विभिन्न खालका नागरीक संगठन अपिहार्य रहेको समेत बताएका थिए । उनले भने हाम्रो नेपाली समाजलाई लाहुरे संस्कृतिको कारण यहाँ गर्न सकिने काम गर्न पनि युवा विदेश पलायन हुने गरेको पाईएको बताए । हाम्रो देशलाई युवा निर्यात गर्ने देशका रुपमा चिनाउन बाध्य छौ भन्दै मुख्यमन्त्री पोखरेलले स्वदेशमै महत्वपूर्ण कामले हामीलाई पर्खिरहेको हुन्छ, तर युवाहरुले उपेक्षा गर्ने गरेको र ती युवाहरुलाई स्वदेशमा उद्यमशीलता बढाउनुपर्ने जोड दिएका थिए ।

समाजमा देखिएको निराशा र कुण्ठालाई सकारात्मक र आशावादी समाजको रुपमा विकास गर्न युवाको भूमिका हुने बताउँदै मुख्यमन्त्री पोखरेलले स्काउटको यस किसिमको तालीमले सुचरित्र र असल नागरिक तथा समाज निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।त्यस्तै कार्यक्रममा प्रदेश ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले समाजका युवाहरुलाई सुधार्नका लागि सामाजिक अनुसन्धानगरी स्काउट जस्ता संस्थालाई परिचालन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा युवा तथा खेलकुद् मन्त्रालयका सचिव राम प्रसाद थपलियाले युवाहरु अधिकार संगै कर्तब्यका लागि पनि तयार रहनेछन भन्दै सरकारले लिएको यस वर्षको युवा परिचालन वर्षको यो अभियानलाई तल्लो समुदायमा पुयाउन आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश सभा सत्तापक्षका प्रमुख सचेतक भुमिश्वर ढकालले समाज रुपान्त्रणका लागि युवाहरुको मुख्य भुमिका रहने बताउदै अब प्रदेशका सबै पालिकाहरुमा स्काउट गठन हुने र विक्रिती र विसंगतीका विरुद्ध सचेत गराउने बताए । ८ गते सम्म संञ्चालन हुने आधारभूत तालिममा प्रदेश नं ५ का १२ जिल्लाका १०९ वटै स्थानीय तहका गरी ६०३ प्रशिक्षार्थी तथा ११० प्रशिक्षकको सहभागिता रहेको नेपाल स्काउटका राष्ट्रिय निर्देशक लोकबहादुर भण्डारीले जानकारी दिए ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रममा प्रदेश सभा प्रतिपक्षका सचेतक निमर्ला क्षेत्री,प्रदेश सांसद दिपेन्द्र अधिकारी,बलराम अधिकारी,बर्दघाट नगर प्रमुख धिरज शर्मा,बुटवल नगर प्रमुख शिवराज सुवेदी लगाएतले आ–आफ्ना धारणा राख्नु राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *