नेका राष्ट्रिय जनजागरण अभियान नवलपरासीमा पनि शुभारम्भ भयो


परासी, बैशाख २५ । नेपाली कांग्रेसको केन्द्रिय निर्देशन अनुसार शुरु भएको राष्ट्रिय जनजागरण अभियान नवलपरासीमा पनि शुभारम्भ भएको छ । कांग्रेसले पहिलो चरणको जागरण अभियान शुरु गर्न प्रत्येक जिल्लामा निर्देशन गरेझै नवलपरासी पश्चिममा पनि शुरु भएको छ ।


हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जन जागरण अभियान मुल उद्देश्यका साथ शुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेका केन्द्रिय सदस्य राधेचन्द्र यादवले पार्टीभित्रको गुटउपगुटको अन्यत संगै प्रतिपक्षीको तानाशाह अन्तय गर्नमा हामि एकजुट हुन आवश्यक रहेको बताउनु भएको छ । वर्तमान सरकारले गरेको व्यवहार तथा कार्य प्रति जनता खुशि नभएकोले लोकतन्त्र जोगाउन हामि एक ढिका भएर अगाढि बढनु पर्ने उहाँले भन्नु भयो । पार्टीको केन्द्रिय निर्देशन अनुसार माथि देखि तल सम्म कहि पनि गुटउपगुट व्यवहार देखिन हुन्न भनेर निर्देशन रहेको यादवले भन्नु भयो ।

यसैविच कार्यक्रका विशेष अितिथि नेका केन्द्रिय सदस्य तथा पूर्वगृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले पनि हामी गुटउपगुट यस जिल्लामा जिल्ला स्तर बाटै अन्तय गर्ने छौ भन्नु भएको छ । अहिलेको सरकारको गतिविधिले जनताको भलो हुन नसक्ने पनि भन्नु भयो । देशमा संघियता पछि केही हुन्छ भन्ने आश पनि रहेको थियो तर सरकारको कामको गति र गर्ने तरीकाले नेपाल झन पनि पर्ने उहाँको भनाई थियो ।


यस्तै नेपालि कांग्रेसका नेता एवं पूर्व सांसद विक्रम खनालले पार्टिको विधान तथा विधिलाई मान्न आवश्यक भएको भन्नु भएको छ । गाँउटोल बस्ती सम्म नेपाली कांग्रेस पुग्न उहाँले भन्नु भयो । कसैले कसैको टिकाटिपणी भन्दा पनि पाटीको विधिविधान र निति अनुसार कार्य गर्नु पर्छ भन्नु भएको थियो । पुष १६ गतेको मेलमिलाप दिवसको अवसर लाई मध्य नजर गर्दै पार्टी भित्रको तिखत्तालाई अन्यत गर्न जरुरी भएको नेता खनाललले भन्नु भएको थियो । मुटु माथि ढुङ्गा राखेर पार्टीलाई व्यवस्थित बनाउनदै प्रतिपक्षीलाई जवाफ दिने समय रहेको उहाँले भन्नु भयो । हाल जग्गा प्रकरण नेका सभापत्ति शेरबहादुर देउवा पनि रहेको भन्दै झुटो अरोप लगाउनेहरु ले आवश्यक छानविन सहित जो जो यसमा मुछिएको छ सबलाई कानुनि दायरामा ल्याउनु पर्छ न कि बहाना बाजि गरेर पन्छिनु पर्यो भन्ने उहाँले भन्नु भयो । निर्माला पन्तको घटना लाई सरकारले अहिले सम्म न्याय दिलाउन नसक्दा त्यस्तै प्रवृतिको पछिल्लो समय अधिकांश घटनाहरु घटदै गएको प्रति उहाले सबलाई ध्यायनकर्षण गराउनु भएको थियो ।


नेका नवलपरासी पश्चिम कार्यवाहक सभापति अर्जुन पोखरेलको अध्यक्ष्तामा भएको कार्यक्रममा पूर्व सांसद देवकरण कलवार, प्रदेश ५ सांसद बैजनाथ जैसवाल, क्षेत्र नं. ४ का सभापति नरेन्द्र कुमार गुप्ता र नेका महिला संघ सभापति कमला पराजुली लगायतले बोल्नु भएको थियो भने नेका सञ्चार विभाग प्रमुख कुल्दीप आर्चायले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो स्वागत मन्त्व्य उपसभापत्ति सुवाषचन्द्र गिरीले राख्नु भएको थियो । यो जनजागरण अभियान बैशाख २५ देखि जेठ २५ गते सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *