नागरीकता विधेक विरुद्धमा जसपाको परासीमा विरोध प्रदर्शन

परासी,असार १६ ।
नागरीकता विधेक विरुद्धमा जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले आज विरोध प्रदर्शन गरेको छ । हाल नागरीकता विधेक मार्फत भारत बाट विवाह गरेर नेपाल आउने बुहारीलाई ७ वर्षपछि नागरीकता दिने प्रवधान विरुद्धमा विरोध प्रदर्शन सहित प्रधान मन्त्री केपी शर्मा ओलीको पुतला समेत जलाएका छन् ।

जसपा पश्चिम नवलपरासीका अध्यक्षद्धोय धरेन्द्र यादव र मुकुर जि गिरीको नेतृत्वमा निकालिएको रयालि परासीको हाट बजार, बुद्धचोक हुँदै जिल्ला प्रशासन अगाडि पुगेर नाराबाजि गर्दै पुनः बुद्धचोकमा आएर विरोध सभामा परीणत भई सम्मपन्न भएको छ । रयालीमा महिला माथिको अत्याचार र विभेद अन्त गर, नागरीकता ऐन विधेक फिर्ता गर, रोटीबेटिको सम्बन्ध विर्गान पाईदैन, विभेदकारी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाईदैन लगायत विभिन्न नाराहरु गरेका थिए । रयालि बुद्धचोकमा पुगेर प्रधान मन्त्रीको ओलिको पुतला दहन गर्दा प्रहरी रोक्ने प्रयास गरेपछि प्रहरी प्रदर्शनकारी विच धक्काधकी समेत भएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै जसपाका विभिन्न बक्ताहरु ले यो विधेक फिर्ता गर्न सरकार संग आग्रह गरेका छन् । यस्ता विधेकले नेपाल भारतको रोटीबेटिको सम्बन्ध लगायत मधेशको भारत संग जोडिएको संस्कृतिक नैतिक संम्बन्धमा तिख्ता आउने वक्ताहरुले भनेका छन् । विभेदकारी सरकारले चिन बाट आएको पर्यटकले नेपाली प्रहरीलाई कुटपिट गर्दा समान्य जरीवानामा छोड्ने अनि विगतका दिनहरुमा देश भित्रैका नागरीकले अधिकार माग्दा प्रहरी र प्रदर्शनकारी विचभएको झडपलाई लिएर विभिन्न मुद्धा लाद्ने कतिको न्यायोचित भएको वक्ताहरुले प्रश्न गरेका छन् ।

विरोध सभामा पार्टीका केन्द्रिय नेता एवं पुर्व रक्षाराज्य मन्त्री रामबचन यादव, केन्द्रिय नेता एवं पुर्व शिक्षाराज्य मन्त्री गोविन्द चौधरी, केन्द्रिय नेता संविधानसभा सदस्य अलाउद्दिन अंसारी, केन्द्रिय नेता सुरेन्द्र पटेल, मुन्ना गुप्ता, जिल्ला नेता, धरेन्द्र यादव, मुकुरजी गिरी, पुरन चौधरी, विजय अग्रहरी, सत्रजित यादव, सुनिता काफले, अमिरुल्लाह मिँया, चन्द्रभुषण पाठक, नगेन्द्र अग्रहरी लागायतले आफ्नो मन्तव्य राखेका थिए भने राजपाका पुर्व केन्द्रिय सदस्य पुरन चौधरीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *