नवलपरासीमा विप्लव समूह द्धारा दुई ट्रकमा आगजनी प्रयास

परासी, फागुन ३० ।
पश्चिम नवलपरासीमा विप्लव समूहले दुई वटा ट्रकमा आगजनी गर्ने प्रयास गरेको छ । नवलपरासीको सरावल गाँउपालिका वार्ड नं. १ बासा स्थित राजमार्ग छेउमा खड गरेर राखिएको खालि ट्रकमा आगजनीको प्रयास भएको छ ।
राती साढे १ बजेको समया खालि ट्रक ना ५ ख ७७ ४१ र ना ४ ख ६८२५ नम्बर भएको ति ट्रकहरुमा आगजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विप्लव समूहको बन्दले गर्दा काडमान्डौंको देखि धनगढीको लागि छुटेको खालि ट्रक बासामा रोकेर राखिएको थियो । गाडी चालकहरुले बन्द खुलेपछि हिड्ने भनेर राती बासामै ट्रक रोकेर बास बासेका थिए । विप्लव समूहले आगजनी गर्न खोज्दा ट्रकहरुको चक्का (टायर) मात्रै जलेको छ भने मानविय क्षति नभएको प्रहरीले जनाएको छ । नवलपरासीमा विहानै देखि बन्दको प्रभाव परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *