नवलपरासीमा लघु घरेलु तथा साना उद्योग महोत्सव २०७६ हुने


परासी, वैशाख १३ ।
पश्चिम नवलपरासीको सदरमुकाममा लघु घरेलु तथा साना उद्योग महोत्सव एवं प्रविधि प्रदर्शन २०७६ लाग्ने भएको छ । स–साना उद्योग तथा घरेलु उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने सोचले नवलपरासीमा यस्तो प्रदर्शनी पहिलो पटक लाग्न थालेको छ ।
२०४७ सालमा स्थापना भएको यो संस्थाले अब घरेलु उत्पादन तथा स–साना उद्यो

गहरुको दिगो प्रवद्र्धन तथा विकासको लागि अगाडी बढने भएको छ । नवलपरासी जिल्ला भित्र विभिन्न घरेलु उत्पादनहरु महत्व नपाएर पछी परेको बताईएको छ । जिल्ला भित्रको उत्पादनलाई झलकाउन, स–साना उद्योगिलाई स्थापित गर्न र परम्परागत उत्पादन तथा उद्यमको संरक्ष र स्थानिय उत्पादनलाई स्थानिय स्तरमा खपत गर्नको लागि यो महोत्सव गर्न लागिएको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मेघराज गौत्तमले बताउनु भएको छ । खास गरेर घरेलु उत्पादनको खपत नहुँदा साना उद्योगीहरु धरासहीमा पर्दै गएको उहाँले भन्नु भयो । पारम्परीक प्रविधि बाट उत्पादन गरीएको उत्पादनको विक्रि हुन नसकेकोले त्यस्ता पारम्परीक प्रविधिहरु समेत हराउँदै गएको अध्यक्ष गौत्तमले भन्नु भयो । घरेलु उत्पादनलाई घर भन्दा बाहिर ल्याई बजारीकरण गराउनको लागि यसै मेला बाट व्यवस्थापन गरीने भएको छ ।


महोत्सवमा करीब ४० वटा स्टलहरु हुने, २० हजारले अवलोकन गर्ने तथा २ करोडको कारोबार हुने बताएको छ भने आम्दानि तथा खर्च तर्फ २० लाख लाग्ने नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मेघराज गौतमले बताउनु भएको छ । मेला यही वैशाख १८ गते देखि २२ गते सम्म चल्ने भएको छ भने मेला उद्घाटनको लागि प्रदेश का उद्यो पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले गर्नुहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *