नवलपरासीको सिमानाकाहरु मा कडाई, जन्ती आएकोलाई चेक गरी पठाईयो


परासी, चैत्र ८ ।
पश्चिम नवलपरासीको सिमानाकामा कडाई गरीएको छ । हिजो साझ प्रधानमन्त्रीको कोरोना भाईरस वारे सम्बोधनलाई मध्यनजर गरी आज देखि सिमामा कडाई गरीएको छ ।

विश्व भर महामारीको रुपमा चिनिएको कोरोना भाईरस बाट बच्नको लागि पुर्वतयारीका साथ सिमामा कडाई गरीएको हो । यस्तै नेपालको सिमानाका महेशपुर संग जोडिएर रहेको भारतको महराजगंज जिल्लाको ठुठुवारी थाना अन्तर्गत पर्ने पडिया ताल मन्दिर बाट नेपाल आएको जन्तीलाई चेकजाँज गरी पठाईएको छ । नेपालको रुपन्देही जिल्ला स्थित बेथरी जाने जन्तीलाई सिमामा नै रोकीएको थियो तर यस्ता अतिआवश्यक समय तय भईसकेको जन्तीलाई स्वास्थ्य सुरक्षाको सावधानी बताई स्वास्थ्य परीक्षण गरी मात्र पठाईएको थियो ।

महेशपुर सिमा प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक महेशवर उपाध्ययले अतिआवश्यक बाहेक सबै आवतजावतलाई रोक लगाएको बताउनु भएको छ । नेपाल भारतको सिमानाका खुल्ला भएको हुनाले समान्य बजार तथा काम लागि गरीने ओहोरदोहोर लाई रोक लगाईएको उहाँले भन्नु भयो । मेहेशपुर सिमा संग जोडिएको भारत ठुठीवारी कोतवालि (सिमा प्रहरी चौकी) संग पनि सहकार्य गरी उताको मान्छेहरु लाई उतै रोकिएको छ भने नेपालको यतै महेशपुर रोकिएको भन्नु भयो तर आवश्यक कार्य भएकोलाई स्वास्थ्य परीक्षण पछि मात्रै पठाईएको उहाँले बताउनु भयो ।


यस्तै महेशपुर सिमानाका बाहेक यहाँ अन्य सिमानाका जस्तै भुजहवा, झुल्नीपुर,मा पनि कडाई गरीएको छ । ति नाकाहरुमा पनि सुरक्षा कर्मिहरु लाई राखेर बडर बन्द भनेर सुचना टास गरीएको छ । नेपालि काम विशेषले उता फसेको र भारतिय मान्छे यता नेपालमा फसेको र आफ्नो घर जान आउन खोज्दा स्वास्थ्य परीक्षण गरेर मात्र आउन जान दिएको नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले बताउनु भएको छ ।

आईसुलेशन वाड पृथ्वी चन्द्र अस्पताल परासी

पश्चिम नवलपरासीमा पूर्वतयारी अवस्था
पश्चिम नवलपरासीमा ७ वटा स्थानिय तह रहेको छ । हाल सबै स्थानिय तहले कोरोना भाईरस विरुद्ध तयारीमा जुटका छन् । जिल्लामा रहेको एक मात्र अस्पताल पृथ्वी चन्द्र अस्पतालमा आईसुलेशन वार्ड तयार गरीएको छ । तर यस वाड मा विरामी राख्न वा भर्ना गर्नको लागि पिपिई नभएको कारणले गर्दा वर्डा बनाएर पनि खासै काम हुन सकेको छैन् । अस्ती मात्रै रामग्राम नगरपालिका भित्रका एक जनामा कोरोनाको लक्षणहरुको शंका लागेको भरमा प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो । तर तिनि बुटवल, भरतपुर, काठमान्डौं सम्म पुगेर पनि फर्के छन् । हाल उनलाई समाचारको प्रभाव तथा विशेष निगरानीले फेरी प्रदेशिक अस्पताल मै राखिएको पृथ्वी चन्द्र अस्पताललका प्रमुख डाक्टर नुरुल होदाले बताउनु भएको छ । आईसुलेशन वार्ड भएको तर अन्य ईकुपमेन्ट नभएकोले उनलाई यहाँ राखिएन तर अब जिल्ला समन्व्य समितिका प्रमुखको संयोजकत्वमा एक समिति बनाएको छ जुन असपताल भित्र कोरोना चेकजाँज गर्नको लागि ईकुप्मेन्टहरु किन्ने तयारी गरी रहेको होदाले भन्नु भयो । यस्तै अस्पताल भित्र कोरोना भाईरस फोकल व्यक्तिको रुपमा एमडिजिपि डक्टर पवन अग्रहरी लाई राखिएको होदाले भन्नु यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *