नरायणीमा फागुन देखि पानी जहाज चल्ने

काठमान्डौं, माघ २६ ।
आउने फागुन महिना देखि नरायणी नदिमा पानी जहाज चल्ने भएको छ । सरकारले पानी जहाजका लागि उद्योग दर्ता गर्न पाउने निर्णय गरेपछि क्रुजसीप (सानो पानी जहाज) धमाधम बनाउने कार्य भईरहेको छ ।

यसै विच भरतपुर महानगरपालिका १६ मा क्रुजसीप निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो तर अहिले निमार्ण कार्य तिव्र गतिमा चलिरहेको बताउनु भएको छ ।

मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने जानकारी दिए । कँडेलका अनुसार १० दिनभित्र अनलाइन बुकिङ आह्वान गर्ने तयारी भईहरको छ । क्रुजसीपमा बिहानी खाना, दिवा खाना र रात्रिकालीन खानाका लागि अनलाइन बुकिङ खुला गरिँदैछ । बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने समेत व्यवस्था मिलाइँदैछ । जहाज भित्र नै गायकको गीतमा पर्यटक रमाउन सक्नेछन् । बारहरु रहनेछन । भुइँतलामा ९० वटा कुर्ची , बीचमा ११० र छतमा २० जना बस्न मिल्ने प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए । दोस्रोतलाको बाहिर बसेर समेत यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ । क्रुजको ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा तीन÷तीन घण्टाको यात्रा गराइने छ । यात्राका क्रममा काभ्रेघाटबाट शुरु यात्रा देवघाट हुँदै फर्किने छ ।

क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरेको हो । क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ । क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । क्रुज निर्माणका लागि रु १५ करोड हाराहारी खर्च भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *