नख्खु बम विष्फोट : विप्लवका पूर्व अंगरक्षक भूजेल पक्राउ

नख्खु बम विष्फोट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले नेकपा  ‘विप्लव’ समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ ।

काठमाडौंमा केही दिन यता बम विष्फोटका घटना हुन थालेपछि त्यसमा संलग्न हुनेहरुको खोजीमा जुटेको प्रहरीले विप्लवका  पूर्वअंगरक्षकलाइ प्रकाउ गरेको हाे ।

प्रहरीको विशेष ब्यूरोको टोलीले ‘विप्लव’का अंगरक्षक सूर्य भूजेललाई कलंकीबाट पक्राउ गरेको हो ।उनी कलंकीस्थित एक घरमा लुकेर बसेका थिए। प्रहरीका अनुसार भुजेल बम विस्फोटका मुख्य योजनाकार हुन् ।

गत १० गते नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा तीन जना घाइते भएका थिए ।

जसमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनाको जिम्मेवारी विप्लव माओबादीले लिइसकेकाे छ । सो पार्टीका नेताहरु भने अहिले भूमिगत अवस्थामा रहेका छन् । साभारः स्पेशखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *