दोहोरो नागरीकताले राष्ट्रीयता माथि खतरा छ, विवाह गरेर आएको बुहारीले होईन

परासी, असार १४ ।
पश्चिम नवलपरासीमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । नागरीकता विधेक फिर्ता गर्न माग गर्दै भ्रष्टचारीहरु लाई कारबाहीको माग पश्चिम नवलपरासीको कांग्रेसले गरेको छ ।

संविधान सभा सदस्य विक्रम खनाल

आज दिउसो पार्टी कार्यालय बाट निस्केको विरोध रैलिले जिल्ला प्रशासन अगाडि सम्म गई विरोध जनाएर सदरमुकामको बुद्धचोकमा कोण सभा पछि आफ्नो विरोध प्रदर्शन सम्पन्न गरेको हो । कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एव संविधान सभा सदस्य विक्रम खनालले भारत बाट विवाह गरेर आउने बुहारी बाट राष्ट्रियता माथि खतरा छैन् तर दोहोरो नागरीकता लिएका सत्तामा लिन र राजनितिक व्यक्तिहरु बाट राष्ट्रियता माथि खतरा रहेको बताउनु भयो । उहाँले नेपाल भारत दुबै देशको नागरीकता लिएर राजनित गर्ने र व्यपार गर्नेहरु बाट नेपालको राष्ट्रितामा माथि खतरा भएकोले सरकारले सक्छ भने त्यस्तालाई कानुनि दायरामा ल्याएर कार्यवाही गरेर देखाउन चेतावनि दिएका हुन् । हाल सम्म भारत बाट नेपाल छिरेका कति ? बुहारीहरुले नेपालको सर्वभवम सत्ता र राष्ट्रियतामा असर पारेका छन् सरकारले तथ्यांक निकाल समेत पुर्व संसद खनालले भनेका छन् । मनपरी गरेर मकै बाडे झै भारतियहरु लाई नागरीता बाडेका भारतियहरुले नागरीकता लिएर आज देशको राज्य सत्तामा प्रभावित गरेका छन् जो दोहोरो नागरीकताले राज्य व्यवस्था माथि धावा बोलेकाहरुको छान्विन कहिले गर्ने सरकार खनाले सरकारलाई प्रश्न समेत गरेका छन् ।

बाेल्दै उमेश चन्द्र यादव

यस्तै नेपालि कांग्रेसका नेता उमेश चन्द्र यादवले मधेशको मशिहा र गजेन्द्र नरायण पछिको मधेश राखवाला बन्ने यसै जिल्लाका नेता हृदेश त्रिपाठीले आज किन मधेशको मुद्धामा चुप लागेको कतै सत्ताको लोभ त होईन भनेर प्रश्न गरेका छन् । संधै मधेशको लागि लड्ने आफु सर्वपरि ठान्ने ति नेता आज चुप लाग्नुको कारण के हो ? किन बोल्न नसकेको भनेका छन् ।

नेपालि कांगे्रस पश्चिम नवलपरासीले अब पनि सरकारले नागरीकता विधेक फिर्ता लिएन भने मधेशमा ठुलो ज्वाला फुट्न सक्ने समेत विरोध कोण सभामा जनाएको छ । यति मात्र नभई सत्तासिन सरकारले भ्रष्टचारको खानि रहेकोले समय मै सच्चिएन भने अब नेपालि कांग्रेस चुप नलाग्ने र गाँउ गाँउ बाट यसको भण्डारफोर गर्दैर सरकारको चरित्र वारे नङ्गयाउदै जाने कांग्रेसले बताएको छ । अहिले कोरोना महामारीको सयममा पनि सररकाले आदुव र बेसारको उख्खान टुक्काले अरबौं अरबको भ्रष्टार गरीरहेको प्रति नेपाली कांग्रेसको ध्यानकर्षण भई त्यसको विरोध प्रदर्शन गरीरहेको र गरीरहने समेत जनाएको छ ।

नेपालि कांग्रेसका कार्यवाहक सभापति अर्जुन कुमार पोखरेलको नेतृत्वमा निस्केको विरोध जुलुसमा संविधान सभा सदस्य विक्रम खनाल, देवकरण प्रसाद कलवार, महिला नेतृ आराधना भट्ट, विरेन्द्र अग्रहरी, विक्रम यादव, उमेश चन्द यादव लगायतले कोण सभालाई सम्बोधन गरेका थिए भने कार्यक्रम सञ्चालन कुलदीप अार्चायले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *