दुर्गा प्रसाईँ लाइै पक्राउ गर्न प्रहरी लाई आदेश

काठमाडौँ, माघ २ । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई लाई पक्राउ गर्नको लागि आदेश जारी गरीएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्नका लागि प्रहरी लाई पक्राउ पुर्जी दिएको छ ।


प्रसाई ले मेडिकल कलेज सम्बन्धन दिनको लागि २० करोड घुस मागेको आरोप चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माथि लगाएका थिए । यसै विरुद्धमा गिरीले मनहानीको मुद्धा हालेका थिए । त्यसै अनुसार जिल्ला अदालत भक्तपुरले प्रसाई विरुद्धको पक्राउ पुर्जी जारी गरेको हो ।


गिरीले हालेको मुद्धामा उनि मार्थि गुण्डागर्दी गरेर असुरक्षित महशुस भएको पनि कुरा उल्लेख गरीएको थियो । उनको निवास र अन्य ठाँउमा पक्राउ गर्न गएपनि उनि नभेटिए पछी खोजी कार्य जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *