त्रिवेणीमा भोलि देखि अष्टोत्तरशत श्रीविष्णुपुराण ज्ञान–महायज्ञ (फाेटाेफिचर)

This image has an empty alt attribute; its file name is 53271374_2263577970371936_2088686572214943744_n.jpg


परासी, फागुन १८ ।
नवलपरासीको त्रिवेणीमा भोलि देखि महायज्ञ शुरु हुने भएको छ । गण्डकी प्रदेशको त्रिवेणीमा रहेको श्री गजेन्द्रमोक्ष नरायण मन्दिरले भोलि देखि अष्टोत्तरशत श्रीविष्णुपुराण ज्ञान महायज्ञ शुरु गर्ने भएको छ ।


नवलपरासीको पवित्र तिर्थ स्थल त्रिवेणी धाम पर्यटकिय स्थल संगै धार्मिक महत्व समेत रहेको छ । यस धाममा केही वर्ष अगाडि निमार्ण गरीएको श्री गजेन्द्र मोक्ष नरायण मन्दिर त्रिवेणीले त्यहाँ विभिन्न महत्तव भएका भगवानहरुको मन्दिर बनाएको छ । करीब ६ वर्ष लगाएर बनाएको ति मन्दिर मुर्तिहरु लाई भोलि अष्टोत्तरशत श्रीविष्णुपुराण ज्ञान–महायज्ञ कार्यक्रम गरी उद्घाटन गरीने भएको छ । नेपाल भित्र र बाहिर तथा भारत का सन्त, महन्त, विद्धान, धर्माचार्य र गुरुवर्गहरुको संयुक्त सहभागितामा सो महायज्ञ गरीने आयोकले जनाएको छ । श्रीमुक्ति नाथ बाबा बाट २०६८ सालमा चैत्र रामनवमीका शुभअवसरमा गण्डकी आरति गरी मन्दिर निमार्णको कुरा अगाडि बढेको थियो । सोही समयमा विभिन्न १सय ५५ दानविरहरु को समन्वयमा सामुहिक पञ्चरतनले परीपुर्ण कुम्भार्चन गरी श्री गजेन्द्र मोक्ष नरायण मन्दिरको शिलान्यास भई निमार्ण कार्य अगाडि बढेको थियो । यस धाममा बनाइएका मन्दिरुहरु लाई प्राणप्रतिष्ठा समुद्घान समारोह भनेर उद्घान गरी ७ दिन सम्म विभिन्न कार्यक्रमहरु चल्ने भएको छ । यहाँ बनाईएका मन्दिरहरु भारतका विभिन्न मन्दिरुहरु संग महत्तव राखेको श्री स्वामी कृष्ण प्रपन्न आर्चायले बताउनु भएको छ ।


नेपाल धार्मिक स्थलहरु लाई वेवास्ता गर्दा ओझेलमा परेको हुनाले यस कार्यक्रम मार्फत देशविदेशमा प्रचित गराउने काम समेत हुने आयोजकले जनाएको छ । तिन वटा पवित्र नदिको संगमले बनेको यो त्रिवेणी धाम धेरै नै महत्तव बोकेको श्रीमुक्तिनाथ बाबाले बताउनु भएको छ । यो त्रिवेणी धाममा श्रीविष्णु जिको साक्षात अवतर भएकोले यो निकै महत्तवपुर्ण धार्मि स्थल रहेको बाबाले भन्नु भएको छ । यो ठाउ महर्षि बाल्मीकि मुनिको तपोस्थल, लवकुशको जन्मस्थल, सिता माताको विरहस्थल र प्राकृतित्र सौन्दर्यताले भरीपुर्ण यो ठाउमा जो कसैले आएर स्नान तथा पुर्जा गरेको उसको मन शान्ति तथा जिवन फलदायि बन्ने श्रीमुक्तिनाथ बाबाले भन्नु भएको छ । यहाँ बनाईका मन्दिर तथा मुर्तिहरु नेपाली वुट्टाहरु कष्ठकलात्मक रहेको छ । यस्तै शङ्ख, चक्र, तिलक श्री, ध्वज, वज्र, अंकुश, पुष्प, गौ, हस्ती अश्वादि मांगलिक चित्राङ्गन गरीएको मन्दिरमा कुल ३१ वटा ढोका, ९६ वटा झ्याल एवं ५ सय भन्दा धेरै मूर्तिहरु रहेका छन् । ७ दिन सम्म चल्ने यस महायज्ञमा ५० हजार भन्दा बढि भक्तालुहरु सहभागि हुने अनुमान गरीएको छ ।

Nagrikpath


यस्तै यो मन्दिरमा विभिन्न ठाउका गरीब शिशुहरु लाई शिक्षा समेत दिने गरीएको छ । गुरुकुलमा दिने शिक्षा तथा जिवन संग सम्बन्धित दिनहु व्यवहारमा लागु हुने शिक्षाहरु दिने गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *